काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।












