काठमाडौं । आज नेप्से परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २,६३३ को बिन्दुमा बन्द भएको हो । आज २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ११ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पज फाइनान्सका लगानकिर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका हुन् ।













