काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले बढेको छ। पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालय २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको भोलिपल्ट नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ को विन्दुमा उक्लिएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २.८२ प्रतिशतले बढेको छ।
आज बजारमा २६५ कम्पनीको शेयरभाउ बढेको छ भने १२ वटाको घटेको छ। यो दिन एउटा कम्पनी शेयर बजार स्थिर रहेको छ।
यो दिन बजारमा ८ अर्ब २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













