IME Life New

बाढी प्रभावित ४०० परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दिल्ली महल ग्रुप, सिताराम गोकुल मिल्क, आर्या इन्टरनेसल प्रा.लिले को संयुक्त पहलमा करिब रु ११ लाख बराबरको राहत सामग्री सहयोग गरिएको छ।

करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको हो।

Esewa
Crest

उक्त राहत सामग्री नुवाकोटको विदुर नगरपालिका वडा नं। ५ ९पिपलटार०, विदुर नगरपालिका वडा नं १, त्रिशूली बजार र त्यस क्षेत्रमा रहेका बेत्रावती तथा रसुवाका बाढी पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ।

विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँहरूको दैनिकी सहज बनाउन यस सहयोगले योगदान पुर्‍याउने विश्वास लिइएको छ।

राहत सामग्री प्रस्थान कार्यक्रममा Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. तथा Puja Surti Udhyog का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विपद्को समयमा सरकार, निजी क्षेत्र तथा समुदायबीचको सहकार्यले प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता सम्बन्धित संस्थाहरूले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS