IME Life New

घरजग्गा कारोबारमा सुधार, एक वर्षमा रु. ७.२० खर्बको किनबेच

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरजग्गा कारोबारमा सुधार आएको छ। नेपाल राष्ट्र सार्वजनिक गरेको घरजग्गा कारोबार प्रवृत्ति तथा वर्तमान स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८२।८३ मा घरजग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

Esewa
Crest

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको थियो।

यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या १५.४५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या ८.१५ प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेकोे छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेकोे थियो।

समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा (आवासीय घरजग्गा कर्जासहित) ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS