IME Life New

बाढीपीडितका लागि नेपाल इन्जिनियरिङ कलेजद्वारा १० लाख बढी सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख २ हजार ६ सय ४३ रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै कलेजले प्राध्यापक, कर्मचारी तथा कलेजको आफ्नै तर्फबाट संकलित रकम कोषमा हस्तान्तरण गरेको हो ।

सोमबार कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी नेतृत्वको टोलीले अर्थ मन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए । सहयोग रकम बुझ्दै अर्थमन्त्री डा। वाग्लेले विपद्को यो घडीमा सरकारलाई साथ दिएकोमा नेपाल इन्जिनियरिङ कलेज प्रति आभार प्रकट गरे ।

Esewa
Crest

भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा प्रभावित परिवारहरूलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना आवश्यक रहेको अवस्थामा कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । कलेजले संकटको घडीमा समुदायको साथमा उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता तथा समर्थन व्यक्त गरेको छ ।

कलेजका अनुसार उक्त सहयोग रकम प्राध्यापक तथा कर्मचारीको योगदानसँगै कलेजको तर्फबाट थप सहयोग जुटाएर संकलन गरिएको हो । विपद्मा राज्य तथा सम्बन्धित निकायले सञ्चालन गर्ने राहत, उद्धार र पुनर्स्थापना अभियानलाई सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताइएको छ ।

“विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु हाम्रो सामाजिक दायित्व हो,” भन्ने भावनाका साथ कलेजले सहयोगलाई केवल आर्थिक योगदानका रूपमा नभई प्रभावित समुदायप्रतिको ऐक्यबद्धताको अभिव्यक्तिका रूपमा लिएको छ । कलेजले सबै पक्ष एकजुट भएर विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र सामान्य जनजीवनमा फर्काउन सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाल इन्जिनियरिङ कलेज केवल प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको मुनाफारहित सामाजिक शैक्षिक संस्था हो । भक्तपुरको चाँगुनारायणमा अवस्थित कलेजले इन्जिनियरिङका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले गुणस्तरीय प्राविधिक शिक्षासँगै विद्यार्थीको व्यावहारिक तथा प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिएको छ । विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने बनाउने उद्देश्यले प्रयोगात्मक शिक्षण विधिलाई प्रभावकारी रूपमा अघि बढाइएको कलेजको भनाइ छ ।

विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन कलेजले फुलटाइम फ्याकल्टीको व्यवस्थापन गरेको छ । अनुभवी तथा विषयगत दक्ष प्राध्यापकको प्रत्यक्ष संलग्नताले विद्यार्थीलाई नियमित शैक्षिक मार्गदर्शन, प्रयोगात्मक अभ्यास तथा परियोजनामूलक सिकाइको अवसर प्राप्त हुने गरेको छ ।

त्यसैगरी, कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै विद्यार्थीलाई विश्वव्यापी शैक्षिक अभ्यास, प्रविधि र अनुसन्धानसँग जोड्ने प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय सहकार्य, प्रयोगात्मक शिक्षण र दक्ष फ्याकल्टीको संयोजनले कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा आवश्यक ज्ञान तथा सीप हासिल गर्न सहयोग पुग्ने गरेको छ ।

यस्तै नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीमैत्री शिक्षाका लागि छात्रवृत्तिलाई पनि महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ । कलेजले हरेक वर्ष झन्डै १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका तथा योग्य विद्यार्थीलाई उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नदिन छात्रवृत्ति कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

गुणस्तरीय प्राविधिक शिक्षा, फुलटाइम फ्याकल्टी, प्रयोगात्मक शिक्षण, अन्तर्राष्ट्रिय सहकार्य तथा उल्लेख्य छात्रवृत्ति कार्यक्रमका कारण यो कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS