काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला सुन ३ लाख १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६२० रुपैयाँमा किनबेच भएको थियो।












