काठमाडौं । स्नो रिभर्सले विद्युत नियमन आयोगबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।
आयोग भदौ २६ गते पत्र पठाउँदै स्नो रिभर्सलाई बोनस शेयर वितरण गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। अब यो कम्पनीले आगामी वार्षिक साधारणसभाबाट बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्नेछ।
कम्पनीले गत भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव पूर्वस्वीकृतिका लागि कम्पनीले गत भदौ १५ गते विद्युत नियमन आयोगमा निवेदन दिएको थियो।












