IME Life New

ब्रिक्स सम्मेलनमा सदस्य देशहरुका लागि बलियो र आत्मनिर्भर बीमा इकोसिस्टम निर्माणको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्रिक्स शिखर सम्मेलनमा सदस्य देशहरुका लागि बलियो र आत्मनिर्भर बीमा इकोसिस्टम निर्माण गर्ने प्रस्ताव गरिएको छ। ब्रिक्स सदस्य देशहरुले ब्रिक्सको सामूहिक क्षमतालाई अझ बढी आत्मनिर्भर ब्रिक्स बीमा इकोसिस्टम निर्माण गर्न, सदस्यहरुबीच व्यापार प्रवर्द्धन गर्न र पुनर्बीमा क्षमता बढाउने तरिकाहरु छलफल गर्न आह्वान गरेका छन्।

आत्मनिर्भर बीमा इकोसिस्टमका लागि यो आह्वान सेप्टेम्बर १२–१३ तारिखमा नयाँदिल्लीमा आयोजित १८ औँ ब्रिक्स शिखर सम्मेलनमा जारी गरिएको ‘नयाँदिल्ली घोषणा २०२६’ को एउटा हिस्सा हो। शिखर सम्मेलन ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’ विषयवस्तुअन्तर्गत आयोजना गरिएको थियो।

Esewa
Crest

नयाँदिल्ली घोषणापत्रमा सदस्य देशहरुले ब्रिक्स बीमा लचिलोपन केन्द्र (बीआईआरसी)को अवधारणामा इच्छुक सदस्यहरुबीच जारी छलफललाई स्वागत गर्ने कुरा पनि भनिएको छ। यो केन्द्रले साझा जोखिम मोडेलहरु विकास गर्न, उत्कृष्ट अभ्यासहरु साझा गर्न र विशेषज्ञ क्षमताहरु निर्माण गर्न स्वेच्छिक साझा क्षमता प्लेटफर्मका रुपमा काम गर्नेछ।

यस सन्दर्भमा सदस्य राष्ट्रहरुले गुजरातको गिफ्ट सिटी अन्तर्राष्ट्रिय वित्तीय सेवा केन्द्र (आईएफएससी) मा ब्रिक्स जोखिम प्रयोगशाला आयोजना गर्ने भारतको प्रस्तावमा छलफल अगाडि बढाउन चासो व्यक्त गरे। इच्छुक सदस्यहरुले यस प्रयोगशालामा भाग लिन सक्नेछन्।

घोषणापत्रमा भनिएको छ, ‘हामी ब्रिक्स देशहरुका नियामक र पुनर्बीमा कम्पनीजस्ता सान्दर्भिक सरोकारवालाहरुको स्वेच्छिक सहभागिताको साथ ब्रिक्स सदस्यहरुको पुनर्बीमा क्षमता बढाउने बारेमा थप छलफलका लागि तत्पर छौँ।’ ब्रिक्स सदस्य देशहरुले ब्रिक्स व्यापारलाई राम्रोसँग समर्थन गर्न र वित्तीय लचिलोपनलाई बलियो बनाउन सक्ने बीमा इकोसिस्टम विकास गर्न खोजेका छन्।

लिंकइनमा लेख्दै केडिया कर्पोरेट एडभाइजर्सका निर्देशक सीए अमितकुमार केडियाले भने, ‘यदि अगाडि बढाइयो भने यो प्रस्तावले विशेषगरी जोखिम मोडेलिङ, विशेष क्षमता र सीमापार बीमा तथा पुनर्बीमा विशेषज्ञता बढ्दो रुपमा महत्वपूर्ण हुँदै गइरहेका क्षेत्रहरुमा ब्रिक्स देशहरुका नियामक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुबीचको सहकार्यका लागि एउटा रोचक प्लेटफर्म सिर्जना गर्न सक्छ,।’

डाटाक्युब रिसर्चका अनुसार कुल ब्रिक्स बीमा बजार लगभग १.८२ खर्ब डलर पुग्ने अनुमान गरिएको छ। जसले वर्ष–दर–वर्ष बलियो वृद्धि अनुभव गरिरहेको छ।

अनुमानहरुका अनुसार यो बजार सन् २०३४ सम्ममा ३.४५ खर्ब डलर पुग्न सक्ने देखाउँछन्। विश्वव्यापी पुनर्बीमा क्षमता घट्दै जाँदा घरेलु बीमा कम्पनीहरुले थप ठूला विपत्ति र स्वास्थ्य जोखिमहरु लिइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS