IME Life New

हिमालयन लायन्स क्लबद्वारा बाढी प्रभावितका लागि २ हजार डलर सहयोगको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा हालै आएको अकल्पनीय बाढीबाट भएको ठूलो जनधनको क्षतिले जन्मभूमि नेपाल र नेपाली समुदायलाई शोकमा डुबाइरहेका बेला अमेरिकाको म्यासाचुसेट्सस्थित नरउडमा नेपाली समुदाय एकजुट भएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै हिमालयन लायन्स क्लब, डिस्ट्रिक्ट ३३के, म्यासाचुसेट्सले नरउड टाउन कमनमा शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो। साथै, क्लबले विपत्तिमा परेका नेपालीहरूलाई सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै २,००० अमेरिकी डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरेको छ।

Esewa
Crest

शोक तथा समवेदना सन्देश व्यक्त गर्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर क्रिष्टिन, डिस्ट्रिक्ट डिग्नेटरिजहरू स्टिभन तथा डा। उषा शर्मा, पूर्व डिस्ट्रिक्ट गभर्नर म्याथु तथा नरउड टाउन म्यानेजर टोनीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्याबफोनका संस्थापक अध्यक्ष विष्णुमणि आचार्य तथा निवर्तमान अध्यक्ष विरोचन नेपाल, बोस्टन मेट्रोवेस्ट नेपाली कम्युनिटीका अध्यक्ष सुरेश ढकाल, BDA Massachusetts State Committee का अध्यक्ष राम थापा, Creative Women Group का अध्यक्ष सानु बर्मा, हिमालयन लायन्स क्लबका उपाध्यक्ष विजय शर्मालगायत क्लबका अन्य अफिसर्स तथा बोर्ड अफ डाइरेक्टर्सको सहभागिता रहेको थियो। स्थानीय नेपाली तथा अमेरिकी समुदायका विभिन्न व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण द्यम्ब् ब्mभचष्अब का केन्द्रीय अध्यक्ष तथा हिमालयन लायन्स क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्तले गरेका थिए ।

शोकसभामा हिमालयन लायन्स क्लबका अध्यक्ष थानीरत्न कँडेलले कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाएकोमा आभार प्रकट गरे । उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

सोही अवसरमा अध्यक्ष कँडेलले हिमालयन लायन्स क्लबका सदस्यहरूबाट संकलित रकममा थप सहयोगसहित कुल २,००० अमेरिकी डलर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरे । जन्मभूमि नेपालमा परेको विपत्तिको पीडामा आफ्नो तर्फबाट सहयोग र ऐक्यबद्धता जनाउने प्रतिबद्धतासहित उनले दीप प्रज्ज्वलन कार्यक्रमको शुभारम्भ गरेका थिए ।

दीप प्रज्ज्वलनका क्रममा सहभागीहरूले नेपालमा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरेका थिए ।

नेपालमा आएको विपत्तिको पीडा सातासमुद्रपारि पनि उत्तिकै अनुभूत भइरहेको सन्देश दिँदै नरउडमा आयोजित उक्त कार्यक्रमले नेपाली समुदायको जन्मभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र विपत्तिको घडीमा एकजुट हुने भावनालाई उजागर गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS