काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गरेको हो। यो परिवर्तन नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम गरिएको कम्पनीले स्पष्ट पारेको छ।
यसअघि कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारण ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। शेयर स्वामित्व परिवर्तन गर्न कम्पनीले १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरेको छ।












