IME Life New

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भएको छ।

सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रुपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनस्र्थापनाको काम अघि बढाइरहेको छ।

Esewa
Crest

निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौंबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो। त्यस्तै चितवनबाट काठमाडौंतर्फ एउटा भारी सवारीसाधनसहित केही हलुका सवारीसाधन पनि सफलतापूर्वक पार गराइएको सडक विभागले जनाएको छ।

परीक्षण सफल भए पनि सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी बाँकी काम जारी रहेकाले हाल कृष्णभीर खण्डबाट नियमित यातायात सञ्चालन नगरिएको विभागले स्पष्ट पारेको छ। असोज १ गतेदेखि सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले त्यसअघि कृष्णभीर खण्डबाट सवारी आवागमन पूर्ण रुपमा बन्द रहने विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिए। सम्बन्धित निकायले जारी गरेका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न विभागले यात्रु तथा सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS