IME Life New

गत साता कुन सेक्टरको परिसूचक सर्वाधिक बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बजारमा गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार देखिएको छ।

अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक १६.७२ अंक अर्थात् ०.६६ प्रतिशतले बढेर २५५९.४९ विन्दुमा पुगेको छ। अघिल्लो साता भदौ १८ गते नेप्से परिसूचक २५४२.७७ विन्दुमा रहेको थियो। साताभरिको उतारचढावका बीच कारोबारमा आएका कुल १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूह हरियाली रहँदा बाँकी ६ वटा उपसमूहको सूचकमा भने गिरावट भएको छ।

Esewa
Crest

साताभरिको कारोबारमा विशेषगरी निर्जीवन बीमा समूहका लगानीकर्ताहरु बढी लाभान्वित देखिएका छन्। समीक्षा अवधिमा निर्जीवन बीमा उपसमूह सर्वाधिक १.४१ प्रतिशतले वृद्धि भई ९४२२.०६ विन्दुमा पुगेको छ। जुन अघिल्लो साता ९२९०.७० विन्दुमा थियो।

अर्कोतर्फ फाइनान्स उपसमूहमा सबैभन्दा ठूलो गिरावट आएको छ। फाइनान्स उपसमूह २.७२ प्रतिशतले घट्दै २२५५.०२ विन्दुबाट २१९३.७५ विन्दुमा सीमित भएको छ।

समग्रमा साताभर अधिकांश प्रमुख उपसमूहहरुका साथ पाउँदा समग्र परिसूचक सामान्य सकारात्मक विन्दुमै अडिन सफल भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS