काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। सर्वाधिक गिरावट विकास बैंक समूहमा २.३७ प्रतिशतको देखिएको छ।
आज बजारमा ७४ कम्पनीको शेयरभाउ बढेको छ भने १९२ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













