बीमा भन्नेबित्तिकै जोखिममा आधारित व्यवसाय रहेको भन्ने आममानिसको बुुझाइमा टेवा दिँदै नेपालमा दुुई प्रकारका बीमा व्यवसाय प्रचलित भएको पाइन्छ। यसै परिप्रेक्ष्यमा विभिन्न समयमा प्राकृतिक वा गैरप्राकृतिक तवरले सामना गर्नुुपरेको विपत्ति, महाविपत्ति, महामारीहरुमा समेत आवश्यकतानुुसार क्षतिपूूर्तिको सिद्घान्तमार्फत सुुरक्षित अवतरण गर्न पुुनर्बीमा, लघुुबीमाजस्ता थप कार्यक्रमसहित प्रवेश गराइएबाट समग्र व्यवसायलाई बचाएर भविष्यमा समेत चलायमान बनाउन तथा आवश्यक नीति निर्माणबाट सहज गर्दै उचित नियन्त्रणमार्फत कार्य भइरहेको पाइन्छ।
वर्तमान अवस्था
के क्षति भएका मानव तथा सम्पत्तिहरुको बीमाबारे जानकारी सबैलाई थियो वा बीमा गर्ने क्षमता थिएन वा पूूर्ण वा आंशिक मात्रामा भएको थियो? प्रश्नका ठेली आइरहन्छन्।
बीमा क्षेत्र कतिसम्म संवेदनशील छ भने आंकलन गर्न कठिन नै छ। यो व्यवसायमात्र नभएर राज्यप्रतिको आर्थिक दायित्वमा संलग्न भई उपलब्ध स्रोत तथा साधनको सम्भावित जोखिम आंकलन गरी सोको उचित परिचालन तथा व्यवस्थापनसहित सुुरक्षित अवतरण गर्ने एक प्रकारको वित्तीय साधनयुुक्त क्षेत्र रहेको तथ्य जगजाहेर नै छ। अतः यस क्षेत्रमा जीवन, निर्जीवन, पुुनर्बीमा, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, उत्पादन समूूहलगायत विविध क्षेत्र जोडिनुुका साथै आर्थिक चलायमान बनाउने क्षेत्र सरकारसमेत रहेको छ। यति ठूूलो क्षेत्र समेट्ने भएर नै बीमाको भविष्य दिन प्रतिपदन उज्ज्वल रहेको देखिन्छ।
गत भदौ १० गते चीनको तिब्बत क्षेत्रमा भएको हिमपहिरोको स्खलन र सोबाट सिर्जित पोखरी, बढ्दो जल सतह तथा विस्फोटले ल्हेन्दे खोलाको बहावमा अप्रत्यासित वृद्घिबाट देखिएको बाढीको वितन्डा तथा सोबाट सिर्जित कहरबाट प्रथम दृष्टिमै विपत्ति बाजा बजाएर आउँदैन भन्ने तथ्य पुुनः परिभाषित भएको छ। उक्त बाढी सम्भवतः हिमपहिरोको कहरले देशमा मच्चाएको ठूूलो वितन्डा भएबाट नेपाल फेरि एकपटक विपत्तिमा फस्न पुुगेको छ। हुुन त करिब १३ महिना अगाडि नै ल्हेन्दे खोलामै आएको त्यस्तै प्रकृतिको वितन्डा देशले आत्मसात नगरेको होइन। विगतको पाठ हामीले सम्झन छाड्यौँ। आलो घाउ नसुुक्दै पुुनः वितन्डामा फस्नुु देशका लागि दुुर्भाग्य रह्यो। विगतको पाठले आगामी दिनमा विपत्ति सामना गर्न अपनाउनुुपर्ने पूूर्वतयारी, आवश्यक अभ्यास, स्रोत परिचालन, प्रविधिको प्रयोग आदि हाम्रा लागि छायामा रहे। तथापि सीमित स्रोतसाधन, सुुरक्षा निकाय तथा जनशक्तिको परिचालन आदिले अपवादबाहेक भएका उद्धार कार्यलाई सरहानीय मान्नुुपर्दछ। जुुन नेपालको गौरव रहेको छ।
यस प्रकारको वितन्डाले चिनिया तथा माथिल्लो नेपाली भूूभागमा पलक भरमै जनधनको अपार क्षति गराएको तथ्य विभिन्न फुुटेज तथा भिडियोमार्फत हाम्रा सामु छर्लंग छन्। यस्तो अवस्थामा समेत १५ गते बिहान ६ः३० बजेसम्म सरकारका तर्फबाट करिब ७५० जनाको शव संकलन गरिएको समाचार आएको, करिब २००० हराइरहेको तथा उद्धारसमेत जारी भइरहेको तथ्य आइरहेको छ। खोजी तथा उद्धार गर्ने क्रम जारी रहेकोले त्यस्तो भयावह अवस्थामा जीवनबाट टाढा भइरहेका मानवको संख्या अझै बढ्ने निश्चित छ।
बीमा कम्पनीहरु जोखिम लिन र जोखिमबापत दाबी भुुक्तानी गर्न तयार भएर नै व्यवसाय गरेका हुुन्छन्। यस समयमा जीवन व्यवसायमा जीवन नोक्सान भएबापत ठूूलै दाबी पर्ने देखिन्छ। यसका अलावा निर्जीवन कम्पनीहरुमा भने अर्बौं रकम दाबी पर्ने (पूूर्ण विवरणपछि आउने) निश्चित छ।
एकातिर दुुर्घटना बीमा, मेडिकल बीमा, सम्पत्ति बीमा (हाइड्रोपावर, व्यक्तिगत, बैंक तथा सोसम्बन्धित) आदिमा ठूूलै दाबी पर्ने देखिन्छ। यसबाट कम्पनीको भुुक्तानी प्रक्रियामा दबाब त हुुन्छ नै अर्कोतर्फ पुुनर्बीमामा समेत दाबीमा दबाब हुुने देखिन्छ। यसले कम्पनीको जोखिम धारण क्षमतामा केही असर पर्न जाने देखिएको छ। यस प्रकारको क्षतिबाट शूून्यमा पुुगेका परिवार, व्यवसाय आदिलाई पुुनः उठी पूूर्ववत् अवस्थामा वा जीवन अगाडि बढाउन आड–भरोसा दिने माध्यम नै बीमा हो।
यस समयमा पछुुताउने तथा आलाप गर्ने छुुट कसैलाई छैन। कम्पनीहरुलाई यो समय दाबी भुुक्तानीमा केन्द्रित हुुन तथा दाबी नपरेका भए उचित अवसर छोप्ने समय रहेको देखिन्छ। अतः समयमै दाबी भुुक्तानी नदिनुु भविष्यको बजार गुुमाउनुुसरह भएबाट दाबीका लागि निवेदन आउने समयमा दाबीकर्तासँग समन्वय गर्नुु, दाबी रकम शीघ्र उपलब्ध गराउन अग्रसर रहनुु। जसले भविष्यमा पुुनः बजार प्राप्ति गर्न सहयोग हुुने भएबाट सम्पर्कमा निरन्तता देखिन्छ। साथै, विगतमा बीमाबाट प्रदान गरिएका दाबीले क्षतविक्षत भएका परिवार तथा व्यवसाय उठन सक्षम भएका उदाहरण हाम्रा सामु प्रशस्तै छन्। यसबाट विपत्तिमा बीमाको महत्व र साथ कतिको सम्बन्धित रहेछन् प्रस्ट हुुन्छ।
सरकार तथा सरोकार निकायहरुले समय समयमा आगलागी, बाढी, भूूकम्पलगायत विपत्तिमा थप क्षति न्यूूनीकरण गर्न सीमित स्रोतबाट उद्धार गर्ने, उपचार गर्ने, सामग्री हटाउने आदिका विभिन्न अभ्यास गरिरहेको देखिए पनि विगतको बाढीकोे पाठ सिकेर अभ्यास गरेको देखिएन। यसबाट बीमाप्रतिको भरोसा र आशा जति हुुनुपर्ने उल्लेख्य हुुन सकेन। नदी किनाराका बस्तीमा बढी क्षति पुुगेर धनजनको नोक्सानी भएको विगतको इतिहासअनुुसार बस्तीलाई नदी किनाराबाट स्थानान्तरण गरी सुुरक्षित स्थानमा बसाउने क्रम नै पालना नगरी वर्तमान सरकारले सारेका केही बस्ती स्थानान्तरणप्रति चर्चामात्रै गरेको देखियो।
स्थानीय निकाय पनि नदी किनाराका बस्तीलाई राजस्वका स्रोत प्राप्त गर्ने क्षेत्र भन्दै निर्माण अनुुमति प्रदान गर्दे बस्ती विस्तार गराउँदै रहे तर असुुरक्षित बसोबास स्थानान्तरण गर्न असक्षम रहे। साथमा बीमाको महत्वसमेत बुुझाउन सकेनन्। यसबाट बीमा नगरेका परिवार वा व्यवसाय भए पूूर्ण क्षति व्यहोर्न बाध्य बन्नुुपर्ने अवस्था आएको छ। अतः स्थानीय निकाय पनि बीमाको महत्व र साथका बारे जनचेतना तथा शिक्षा दिलायन र लागूू गर्न तत्पर हुुनुुपर्ने देखिन्छ।
विभिन्न विपत्तिहरुमा विदेशी गैरसरकारी संघसस्थाहरुको आकस्मिक कार्य गर्ने क्षेत्र भए पनि कुुनै अगाडि आउन सकेको देखिएन। यसबाट अनुुदान लिने र केही सरकारलाई दिने तथा पुुनः प्रतिवेदन बुुझाइ थप अनुुदान लिन तयारी बसेको अवस्था परिदृश्यमा आइरहेको छ। यस अवस्थामा उचित भूूमिका खेल्न नसकेको देखिन्छ।
नियमनकारी निकायको भूूमिका यस समयमा थप दबाब देखिने गरेको छ। त्यहाँबाट उचित एवं सही रुपमा क्षतिपूूर्तिको गणना गर्न मार्गदर्शन दिने तथा शीघ्र दाबी भुुक्तानी गरी पुुनः मरेको प्रायः व्यवसायलाई प्राणसञ्चार गर्न भरण गराउन समन्वयकारी भूूमिका खेल्नुुपर्दछ। यसबाट विगतमा नियमनकारी निकायको कार्यप्रति उठेका असामायिक प्रश्नप्रति मल्हम लाग्ने देखिन्छ। बीमाको जानकारी वा शिक्षा केवल व्यवसाय वृद्धिमा मात्र नभई जोखिमयुुक्त क्षेत्रमा समेत पुुर्याउन सकेको भए बीमा क्षेत्रका लागि थप राहत पुुग्न जाने अवस्था रहेको देखियो।
सरकार पनि प्राप्त भएको सहयोग, जिन्सीलगायतलाई समयमै पीडितमाझ पुर्याई आलो घाउमा मलम लगाउन थप जनशक्ति परिचालन गर्ने कार्यमा लाग्नुुपर्ने देखिन्छ। यसबाट जीवनयापन सुुधार तथा सहज गराउन आवश्यक क्षतिपूूर्ति नगद वा जिन्सीमा उपलब्ध गराउने, भौतिक क्षतिलाई भरण दिन मर्मत–सम्भार, निर्माण गर्न द्रुुत गतिमा स्रोतसाधनको परिचालन गरी कार्य गर्ने, आवश्यक बासलाई सुुरक्षित स्थानमा व्यवस्था गराउने तथा बीमा अनिवार्य गराउनुुपर्ने नीति बनाई पालना गराउने बाटोमा हिँड्नुु आवश्यक देखिन्छ। यसबाट भविष्यमा कुुनै कहरको सामना गर्नुुपरे बीमाको क्षतिबाट पूूर्र्ति हुुने भएबाट सरकारको स्रोत व्यवस्थापनमा भार घट्ने देखिन्छ।
निष्कर्ष
बीमाले नोक्सान हुँदा क्षतिपूूर्ति दिन्छ। क्षतिपश्चात जीवन वा व्यवसाय चलाउन एउटा आधार दिन्छ। यसै सुुविचारलाई आत्मसात गराउन सके बीमा दुुःखपर्दा समेत असल साथीका रुपमा आउने भएकोले विगतको कहरबाट पाठ सिक्दै बीमा अनिवार्य छ भन्ने भाष्य आमजनतामा पुुर्याउन सके व्यवसाय मात्र नभई जनजीवनको सुुरक्षामा आमूूल परिवर्तन गर्न सकिने भएकोले कसैको विमति हुुनेमा अपेक्षा गर्न सकिन्न।
(लेखक कोइराला नेपाल व्यवस्थापन संघका पूूर्वकार्यकारी निर्देशक एवं पूूर्व बीमा कर्मी हुन्।)












