IME Life New

विपद्‌मा अपि पावरको ऐक्यबद्धता, सरकारको राहत कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढीका कारण अमूल्य जीवन गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपि पावर ग्रुपले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, आफन्त गुमाएका शोकसन्तप्त परिवारजनप्रति कम्पनीले सहानुभूति तथा समवेदना प्रकट गरेको छ ।

प्राकृतिक विपत्तिले निम्त्याएको यस कठिन समयमा नागरिकको जीवन रक्षा, राहत तथा पुनर्स्थापनाका कार्यमा टेवा पुर्‍याउनु सबैको कर्तव्य हो भन्दै कम्पनीले मानवीय दायित्वलाई बोध गर्दै नेपाल सरकारको राहत कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

Esewa
Crest

कम्पनीको यो प्रयासले संकटमा परेका परिवारहरूलाई तत्काल राहत र पुनःजीवनको आधार खडा गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS