काठमाडौं । आर्थिक वर्ष २०८३।८४ को अहिले दोस्रो महिना अर्थात् भदौ महिना जारी छ। आर्थिक वर्ष सुरु हुनुअगावै वर्षभरका लागि गरिने कार्य र प्राथमिकताको सूची समावेश तयार पारेर पहिले नै सार्वजनिक गर्ने अभ्यास छ। यही अभ्यासअन्तर्गत सरकारले पनि जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्दै आएको छ।
नेपाल बीमा प्राधिकरणले पनि गत वर्षदेखि वार्षिक ‘बीमा नीति तथा कार्यक्रम’ सार्वजनिक गर्ने अभ्यास सुरु गर्यो । वार्षिक नीति तथा कार्यक्रममा समेटिएका थुप्रै उपलब्धि प्राधिकरणले हासिल गर्न सकेन। यद्यपि यो दस्तावेजले प्राधिकरणको कार्य क्षमता र प्राधिकरण नेतृत्वको दूरदर्शिता मापन गर्ने एउटा आधारको काम गरेको छ। यसै दस्तावेजमा उल्लेख भएका नीति तथा कार्यक्रमको कसीमा प्राधिकरणले हासिल गरेका उपलब्धिको मूल्यांकन गर्न बीमा क्षेत्रबारे चासो राख्ने जोकोहीका लागि सहज भएको छ।
प्राधिकरणको ५७ वर्षे इतिहासमा पहिलोपटक गत आर्थिक वर्ष २०८२।८३ मा तत्कालीन अध्यक्ष शरद ओझाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। प्राधिकरणले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन भने ढिलाइ गरिरहेको छ। गत आर्थिक वर्षको नीति तथा कार्यक्रम असारको अन्तिम साताभित्र प्राधिकरणले सार्वजनिक गरेको थियो।
वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याउन ढिलाइ, के भन्छ प्राधिकरण ? – Insurance Khabar
गत साउन ४ गते इन्स्योरेन्स खबरले प्राधिकरणको निर्देशक एवं प्रवक्ता पुजन ढुंगेल अधिकारीसँग जिज्ञासा राख्दा उनले १–२ दिनमै नीति तथा कार्यक्रम सार्वजनिक गरिने बताएकी थिइन् । तर, एक महिना बितिसक्दा समेत प्राधिकरणले सार्वजनिक गरेको छैन।
प्राधिकरणले वर्षभरमा के काम गर्नेछ र घोषणा गरिएका प्रतिबद्धताहरुको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने जाँच्नका लागि पनि नीति तथा कार्यक्रमले मानकको काम गर्छ।












