IME Life New

भदौ १ गतेबाट पुनः स्वास्थ्य बीमा सेवा प्रदान गर्दै धुलिखेल अस्पताल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धुलिखेल अस्पतालले आउँदो भदौ १ गतेबाट पुनः स्वास्थ्य बीमा सेवा प्रदान गर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डबाट निर्धारित स्वास्थ्य बीमा थैलीमा भएको आर्थिक तथा प्राविधिक सीमितका कारण धुलिखेल अस्पतालले स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ। तर, बीमा बोर्डले गत असार ३० गते परिमार्जित गरेको तथा सहजता र भुक्तानीको सुनिश्चिततामा आश्वासन प्राप्त भई आएकोले पुनः भदौ १ गतेबाट हाल बहिरंग सेवा (ओपीडी सर्भिस)मा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गरिने जानकारी अस्पतालले गराएको हो।

Esewa
Crest

यो स्वास्थ्य बीमा सेवा सरकारी निकाय बिदा हुने दिन आइतबारलगायत सार्वजनिक बिदाका दिन भने बन्द रहने अस्पतालले स्पष्ट पारेको छ। ‘स्वास्थ्य बीमा सेवा लिन आउँदा यसअघिको साविकको प्रथम सेवा विन्दुबाट जारी गरिएको रिफरल पुर्जी अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ’, अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS