काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.१५ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक २.२३ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ३६ कम्पनीको शेयरभाउ बढ्दा २३४ कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













