IME Life New

पहिरोको जोखिमले बन्द भयो नारायणगढ मुग्लिन काठमाडाैं सडक खण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले वर्षाका कारण राजमार्गमा बाढी पहिरोको जोखिमलाइ मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा  सवारी आवागमन बन्द गरेको छ।

प्रशासन कार्यालयले शनिबार साँझ सूचना जारी गर्दै धादिङ, चितवन, गोरखालालगायत जिल्लाको विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

Esewa
Crest

माैसम पूर्वानुमान महाशाखाका अनुसार, शनिबार र अाइतबार ती क्षेत्रमा वर्षा अझै बढ्ने संभावना  रहेको छ। प्रशासनले अर्को सूचना जारी नभएसम्म त्रिभूवन राजपथको यो सडक खण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ।

आपतकालीन अवस्था वा आवश्यक समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला स्तरिय आपत्कालीन सञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न प्रशासनले सर्वसाधारण सबैमा अनुरोध गरेको छ।

यसअघि मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शनिबार दिउँसो बसेको बैठकले भारी वर्षा हुने संभावना भएकाले आवश्यकता अनुसार रातको समयमा जोखिमयुक्त स्थानहरूमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS