IME Life New

स्नो रिभर्सको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड भएको हो।

आइपीओमा मागभन्दा बढी आवेदन परेकाले उक्त आइपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँड गरिएको छ। जस अनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी शेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँड गरिएको छ। ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

Esewa
Crest

कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

यी ३ तरिकाबाट हेर्न सकिन्छ आइपीओ नतिजा

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS