IME Life New

आयकरको व्यवस्थामा हेरफेर, बिमा गरेर केही राहत पाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: सरकारले बजेटमार्फत आयकरमा व्यापक परिवर्तन ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा आयकरको साविकको संरचनामा व्यापक परिवर्तन ल्याएको हो । जसअनुसार अब पाँच वटा स्ल्याब कायम गरेको छ ।

एकल व्यक्तिको हकमा आयकरको व्यवस्था
अब एकल व्यक्तिले तीन लाख पचास हजार रुपैयाँका आम्दानीमा एक प्रतिशत आय कर तिर्नु पर्नेछ । यो हालकै व्यवस्था अनुरुप हो ।यसभन्दा माथि ३ लाख पचास हजारदेखि ४ लाख पचास हजारससम्म १० प्रतिशत कर लाग्छ । तर जिबन बिमा गरेको खण्ड रु २५ हजार र स्वास्थ्य बिमा गरेको खण्डमा थप २० हजारमा एक प्रतिशत आय कर तिरे पुग्छ, तसर्थ बिमा गरेर ३९५ हजार सम्मको आम्दानीमा एक प्रतिशत आय कर तिरे पुग्छ। यसअघि यही परिमाणको आयमा १५ प्रतिशत कर लाग्थ्यो । १० प्रतिशतको यो स्ल्याव नयाँ व्यवस्था हो ।

Esewa
Crest

यसैगरी चार लाख ५० हजारभन्दा बढी करयोग्य आयमा २० प्रतिशत नयाँ स्ल्याब थपिएको छ । सरकारले साढे चार लाख र साढे ६ लाखको बीचमा २० प्रतिशतको नयाँ स्ल्याब थपेको हो ।

जसअनुसार साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ देखि साढे चार लाखसम्म १० प्रतिशत र बाँकी आयमा २० प्रतिशत आयकर लाग्नेछ ।

यस्तै साढे ६ लाखदेखि २० लाखसम्ममा ३० प्रतिशत आय कर लाग्छ । नयाँ स्ल्याब थपिएको छ । जसअनुसार साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ देखि साढे चार लाखसम्म १० प्रतिशत र साढे चारदेखि साढे ६ सम्म २० प्रतिशत र बाँकीमा ३० प्रतिशत आयकर लाग्नेछ ।

२० लाख रुपैयाँभन्दा बढी आय भएको करदाताको हकमा अतिरिक्त २० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । यसमा २० लाखसम्म माथिल्लो स्ल्याब लागू हुनेछ भने बाँकीमा नयाँ स्ल्याबअनुसार अतिरिक्त २० प्रतिशत कर लाग्नेछ ।

यसअघि साढे चार लाखदेखि २५ लाखसम्म २५ प्रतिशत र २५ लाखभन्दा बढी आयमा ४० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था थियो ।

तर एकलौटी र्फम दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा सुरुको एक प्रतिशतको कर नलाग्ने व्यवस्था पनि गरिएको छ । यो साविककै व्यवस्था हो ।

विवाहित व्यक्तिको हकमा के छ व्यवस्था ?
यसैगरी विवाहित व्यक्तिको हकमा पनि आयकरको साविकको व्यवस्थामा परिवर्तन गरिएको छ । जसअनुसार विवाहित व्यक्तिको चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर लाग्नेछ । यो साविककै व्यवस्था हो ।

त्यस्तै, चार लाखदेखि पाँच लाखसम्मको करयोग्य आयका हकमा १० प्रतिशतको नयाँ स्ल्याब थपिएको छ । जसअनुसार अब चार लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्ने दम्पत्तिले अघिल्लो चार लाखसम्ममा एक प्रतिशत र बाँकीमा १० प्रतिशत कर तिर्नुपर्नेछ । तर जिबन बिमा गरेको खण्ड रु २५ हजार र स्वास्थ्य बिमा गरेको खण्डमा थप २० हजारमा एक प्रतिशत आय कर तिरे पुग्छ, तसर्थ बिमा गरेर ४४५ हजार हजारसम्मको आम्दानीमा एक प्रतिशत आय कर तिरे पुग्छ।

हाल चार लाखदेखि पाँच लाखसम्म आय भएको दम्पत्तिका हकमा १५ प्रतिशतको स्ल्याब छ । पाँचदेखि सात लाखसम्ममा २० प्रतिशतको स्ल्याब कायम गरिएको छ । जसअनुसार पाँच लाखसम्मको आयमा १० प्रतिशत र त्यसभन्दा बढीमा २० प्रतिशतको आयकर लाग्नेछ ।

सात लाखभन्दा बढी तर २० लाखसम्मको आयमा ३० प्रतिशतको स्ल्याब कायम गरिएको छ । जसअनुसार अब सात लाखसम्मको आयमा २० प्रतिशत र त्यसभन्दा बढीकोमा ३० प्रतिशत आयकर लाग्नेछ ।

तर, २० लाखभन्दा बढी आयको हकमा थप २० प्रतिशत अतिरिक्त कर लाग्नेछ । हालसम्म पाँच लाखदेखि २५ लाखसम्मको आयमा २५ प्रतिशत र त्यसमाथि ४० प्रतिशत कर लाग्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS