IME Life New

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज फागुन १७ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहाा साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री गरेको थियो। यो कम्पनी सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको छ।

Esewa
Crest

ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आइपीओमा २६ लाख २० हजार ३४१ आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयर माग भएको थियो। जसमा २५ लाख ८० हजार ४७० आवेदकबाट परेको २ करोड ७७ लाख ३ हजार ८८० कित्ता शेयर सदर भएको छ भने ३९ हजार ८७१ आवेदकबाट माग भएको ४ लाख ६१ हजार ७० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने सदर आवेदकमध्ये २४ लाख ५१ हजार ८२० आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS