काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको करिब ७३ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो। कम्पनीका अनुसार उक्त शेयरको लकइन अवधि आउँदो चैत १६ गते सकिनेछ।
हाल कम्पनीका संस्थापक शेयरधनीको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ११ लाख ७३ हजार २०० कित्ता र संस्थाका कर्मचारीको १ लाख ३७ हजार २६४ कित्ता लकइनमा राखिएको छ। कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओ बाँडफाँट भएको मितिले यी समूहको शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
यद्यपि, कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीले भने शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।












