IME Life New

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, यस्ता छन् नतिजा हेर्ने सहज तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ आज फागुन ५ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ। आइपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आइपीओ बिक्री खुला गरिएको थियो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २४ लाख ५२ हजार ६०२ आवेदकबाट कुल २ करोड ६९ लाख ३२ हजार ८०० कित्ता शेयर माग भएको थियो। जसमा २४ लाख ११ हजार ९२२ आवेदकबाट माग भएको २ करोड ६४ लाख ५३ हजार ४५० कित्ता सदर भएको छ भने ४० हजार ६८० आवेदकबाट माग भएको ४ लाख ७९ हजार ३५० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै करण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये एकजनाले थप १ कित्ता शेयर पाएका छन्। बाँडफाँट नतिजाअनुसार सदर आवेदकमध्ये २३ लाख ५४ हजार ६७९ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, सीडीसीएसीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS