काठमाडौं । अर्थ मन्त्रालयले वित्तीय क्षेत्र विकास रणनीति तयार गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३–२०८६–८७ रणनीति प्रतिवेदनमा बीमासँग सम्बन्धित वित्तीय रणनीति पनि समावेश गरिएको छ। जसमा बीमा क्षेत्रको विकास तथा विस्तार गर्नेदेखि लिएर पुँजी परिचालन गरी लगानी अवृद्धिवृद्धि गर्ने, बीमाको दाबी भुक्तानी प्रणालीलाई व्यवस्थित गर्ने, बीमाको पहुँच विस्तार गर्ने, बीमा साक्षरता कार्यक्रम विस्तार गर्ने, बीमितको हकहित संरक्षण गर्ने, नियमनकारी तथा सुपरिवक्षेण क्षमता अभिवृद्धि गर्ने, बीमा क्षेत्रमा नवीनतम अन्तर्राष्ट्रिय अभ्यासको अवलम्बनमार्फत स्थायित्व कायम गर्ने र बीमासम्बन्धी कानुनलाई समयसापेक्ष अद्यावधिक गर्नेजस्ता कार्यनीति समावेश रहेका छन्।
रणनीति प्रतिवेदनमा बीमा व्यवसायका समस्या र चुनौतीहरु पनि औँल्याइएको छ। बीमा व्यवसाय सुरु भएको ८ दशक बितिसक्दा पनि बीमासम्बन्धी जनेचतनाको स्तर कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ। बीमाशुल्क संकलन र दाबी प्रक्रिया अझै पनि झन्झटिलो र अपारदर्शी रहेको प्रतिवेदनमा ठहर गरिएको छ।
प्रभावकारी संयन्त्रको अभावमा एउटा सम्पत्तिको बहुबीमा गर्ने र ठगीपूर्ण दाबी भुक्तानी लिनेजस्ता विकृति नियन्त्रण गर्नु, विश्वव्यापी रुपमा बढ्दो जलवायु परिवर्तनले सिर्जना गर्ने प्राकृतिक विपदका जोखिमहरुलाई बीमाको दायरामा ल्याउनु, जोखिममा आधारित सुपरिवेक्षण पद्धतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने कार्य चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्ता छन् बीमा क्षेत्रका वित्तीय रणनीति
beema karyaneeti











