IME Life New

विदेशी पुनर्बीमा दलाललाई कार्यालय खोल्न दोस्रोपटक दिएको म्याद पनि घर्किंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल कम्पनीलाई नेपालमा कार्यालय खोल्न दिएको दोस्रो पटकको समय सीमा घर्किंन लागेको छ।

प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० को व्यवस्था बमोजिम कार्यालय स्थापना गर्न पहिलोपटक २०८२ असार मसान्तसम्म र दोस्रो पटक २०८२ पुस मसान्तसम्मको समयसीमा तोकेको थियो।

Esewa
Crest

निर्देशिकाको व्यवस्थाअनुसार विदेशी पुनर्बीमकले २०८१ चैत महिनाभित्रै नेपालमा आफ्नो शाखा वा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइ सक्नुपर्ने थियो। पुनर्बीमा निर्देशिकामा बीमा प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमकले नेपालमा शाखा, सम्पर्क वा संयुक्त लगानीको कार्यालय स्थापना गर्नुपर्ने प्रावधान छ।

पहिलोपटक २०८१ चैत १० गते प्राधिकरणले निर्देशन दिँदै गत असार १० गतेसम्म कार्यालय स्थापना भनेको थियो। प्राधिकरणको निर्देशनपछि पनि अधिकांश विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएनन्। त्यसपछि प्राधिकरणले पुस महिनासम्मको अवधि थप गरेको थियो।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ का लागि कुल ५४ वटा पुनर्बीमा दलाल कम्पनी सूचीकृत छन्। सूचीकृतमध्ये यूआईबी, सिनर्जीसहितका केही सीमित विदेशी पुनर्बीमा दलालले मात्र नेपालमा कार्यालय स्थापना गरेका छन्।

नेपालमा कार्यालय स्थापना गर्न दिएको निर्देशन पालना नगर्ने पुनर्बीमा दलाललाई प्राधिकरणले सूचीकरणबाट वञ्चित गर्न सक्ने प्रावधान छ। प्राधिकरणसँग स्वीकृति नलिई कुनै पनि विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा पुनर्बीमा सेवा सञ्चालन गर्न पाउँदैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS