IME Life New

विजय लघुवित्तको अवस्था झन् झन् खस्किंदै, खराब कर्जामा ५० प्रतिशत वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अवस्था झन् झन् खस्किंदै गएको छ। ऋण प्रवाहमा देखिएको अनियमिततासँगै यो लघुवित्तको खराब कर्जा १ वर्षको अवधिमा झण्डै ५० प्रतिशत बढेको छ।

संस्थाको कुल निष्कृय कर्जा अघिल्लो आवमा ७.६ प्रतिशत रहेकोमा गत असोजमसान्तसम्म आइपुग्दा १३.६ प्रतिशत पुगेको छ।

Esewa
Crest

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको शेयर जारीकर्ता मूल्याङ्कन(इस्युअर रेटिङ) मा विजय लघुवित्तको वित्तीय सबलता खस्किंदा मूल्याङ्कन समेत तल झरेको छ। इक्रा नेपालले विजय लघुवित्तको जारीकर्ता मूल्याङ्कनलाइ घटाउँदै ‘नकारात्मक प्रभावसहित निगरानी’ मा निरन्तर राखेको छ। संस्थाको रेटिङ (इक्राएनपी आइआर) बी प्लस बाट झरेर (इक्रा एनपी आइआर) बी एटमा पुगेको छ। यो मूल्याङ्कनले समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

इक्रा नेपालले, मूल्याङ्कन (रेटिङ) घट्नुको मुख्य कारण, संस्थाको कर्जाको गुणस्तर पछिल्ला वर्षहरूमा लगातार खराब हुँदै जानुलाइ औँल्याएको छ। व्यवस्थापनले कर्जा असुलीमा लापरवाही गर्दा पुरानाको तुलनामा नयाँ कर्जा नै खराब कर्जामा परिणत हुने दर डरलाग्दो गरी बढेको छ।

यसबाहेक, कर्जाको साँवा ब्याज किस्ता भुक्तानी गर्नुपर्ने म्याद नाघेका कर्जा पनि २८ प्रतिशतबाट ३३ प्रतिशतमा उक्लिएको छ। यसले कर्जा असुलीमा देखिएको दबाब स्पष्ट पारेको छ। अर्को तर्फ तीब्र गतीमा नयाँ कर्जा फँस्ने प्रवृत्तिले संस्थाको सम्पत्ति गुणस्तर झनै कमजोर बनाएको इक्रा नेपालले विज्ञप्तीमा लेखेको छ।

गत असोजमा संस्थाको पूँजी पर्याप्तता अनुपात ९.६ प्रतिशतमा झरेको थियो । यो अनुपात न्यूनतम ८ प्रतिशतभन्दा माथि भए पनि जोखिम बहन क्षमताका हिसाबले कमजोर मानिन्छ। समिक्षा अवधिमा खुद खराब कर्जा र नेट वर्थको अनुपात करिब ८८ प्रतिशत पुगेको छ। यसले कर्जा फँस्दा पूँजीमा पर्नसक्ने प्रत्यक्ष असरलाई देखाउँछ।

यो लघुवित्तले प्रवाह गरेकोमध्ये ९८ प्रतिशत कर्जाको बीमा गराएको छ। बीमा दाबी समयमै प्राप्त हुने वा नहुने अनिश्चितताले संस्थाको सोल्भेन्सी र तरलतामा थप चुनौती पैदा गरेको इक्रा नेपालको टिप्पणी छ।

लघु वित्तहरूले लघु कर्जाको सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र बीमा कम्पनी दुबैतर्फबाट बीमा गर्ने प्रवृत्ति छ। बीमितको निधन भएर कर्जा डुब्ने अवस्थामा बीमा कम्पनीबाट प्राप्त हुने दाबी रकमबाट कर्जाको साँवा र ब्याज असुल उपर गर्दै आएका छन् । अन्य कुनै कारणले कर्जा असुली नभएमा कोषबाट क्षतिपूर्ती लिने गरेका छन् ।

यसैबीच, संस्थाले दिने कर्जाको औसत आकार पनि लघु वित्त क्षेत्रको औसतभन्दा उच्च भएकोले जोखिम झनै बढेको उल्लेख गरिएको छ। औसत कर्जा आकार १ लाख ५५ हजार रुपैयाँबाट बढेर १ लाख ७३ हजार रुपैयाँ पुगेको छ । यस्तो ठूलो कर्जा आकार आर्थिक सुस्तता रहेको अवस्थामा झनै जोखिमपूर्ण देखिएको छ।

लघुवित्त क्षेत्रमै नियामकीय परिवर्तन, प्रतिस्पर्धा, तथा ऋणीहरूमा बढ्दो ऋण लगानी जस्ता संरचनात्मक जोखिमले पनि संस्थाका लागि चुनौती थपिएको इक्रा नेपालले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS