IME Life New

क्रेडिट रेटिङ एजेन्सीको ‘निगरानी सूची’बाट हट्यो युनाइटेड अजोड इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वित्तीय सबलता मूल्याङ्कन सम्बन्धित क्रेडिट रेटिङलाई ‘नकारात्मक प्रभावसँगै निगरानी सूची’ बाट हटाएको छ।

कम्पनीले हालैका दाबी प्रभावलाई सामना गर्न सक्ने क्षमता स्पष्ट बन्दै गएको भन्दै इक्रा रेटिङ्गस नेपालले रेटिङ सुधार गरेर ‘त्रीपल बी प्लस’ लाई कायम राखेको हो।

Esewa
Crest

गत भदाै २३ र २४ गते भएको जेन जी(तन्नेरी पुस्ता) को विद्रोह र असोज १७ देखि २० गतेसम्मको अबिरल बाढी पहिरोका कारण कम्पनीमा ठूलो दाबी परेको थियो। कात्तिक १६ गतेसम्म कम्पनीमाथि प्रदर्शन सम्बन्धी करिब ५२ करोड ८० लाख रूपैयाँ बराबरको दाबी दर्ता भएको छ। योमध्ये ३४ करोड ५० लाख रूपैयाँ कम्पनीले आफैं बहन गर्नुपर्ने देखिन्छ। यसमा खुद धारणवापत ३४ प्रतिशत १८ करोड २० लाख रूपैयाँ व्यहोर्नुपर्ने देखिएको छ। यसैगरी बाढीपहिरोसम्बन्धी क्षतिमा कुल ७७ करोड रूपैयाँको दाबी परेकोमा खुद धारणवापत ३ करोड ९० लाख रूपैयाँ मात्र दायीत्व रहेको छ। बाँकी पुनर्बीमा कम्पनीमार्फत सोधभर्ना गर्नेछ।

कम्पनीको पुनर्बीमा व्यवस्था र पर्याप्त तरलताले यी दाबीहरू थेग्न वित्तीयरूपमा सक्षम देखिएको टिप्पणी इक्रा रेटिङ्गसले गरेको छ। यसको असर भने कम्पनीको चालू आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासको नाफा आर्जनमा देखा परेको छ।

रेटिङ एजेन्सीले कम्पनीको लामो अनुभव, सन् १९९३ देखि सञ्चालनमा रहेको युनाइटेड इन्स्योरेन्स र २०२३ मा अजोड इन्स्योरेन्ससँगको मर्जरपछि बढेको व्यवसायिक आकारलाई पनि सबल पक्षका रूपमा उल्लेख गरेको छ। कम्पनीको चुक्ता पूँजी करिब २७३ प्रतिशत रहेको छ, जुन नियामकीय मापदण्ड(न्यूनतम १३० प्रतिशत)भन्दा धेरै राम्रो हो । कम्पनीले जारी गर्न लागेको १० प्रतिशत हकप्रद शेयरले तरलता अझै बलियो बनाउने अपेक्षा गरिएको छ।

यसका साथै, पुनर्बीमा व्यवस्था, अनुभवी व्यवस्थापन, र नेपालमा सामान्य बीमाको कम बजार प्रवेशले भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई एजेन्सीले सकारात्मक रूपमा हेरेको छ।

रेटिङ एजेन्सीले कम्पनीको रेटिङ्गको सन्दर्भमा केही चुनौतीहरू पनि उल्लेख गरिएको छ। मर्जरपछि कम्पनीको बीमाशुल्क आम्दानी अघिल्लो आवमा १२ प्रतिशत र गत आवमा ४ प्रतिशत खुम्चिएको छ। बजार हिस्सा केही घटाएको छ। गत आवमा कम्पनीको जोखिम धारण दर करिब ४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षभन्दा बढी हो । कमिशन आम्दानी अनुपात घटेको छ। साथै, लगानीमा प्राप्त प्रतिफल पनि अघिल्लो वर्षको ७.४ प्रतिशतबाट गत आवमा ४.९ प्रतिशतमा झरेको छ। बैंकको घट्दो ब्याज दरले यसमा अझै दबाब पर्ने देखिएको छ।

कम्पनीको मोटर बीमा क्षेत्रमा बढी निर्भरता कुल बीमाशुल्कको ३१ प्रतिशत र खुद बीमाशुल्कको ५० प्रतिशत पनि जोखिम मानिएको छ। यस क्षेत्रमा नीतिगत परिवर्तन आएमा कम्पनीको व्यवसायमा प्रभाव पर्न सक्ने चेतावनी रेटिङ एजेन्सीले दिएको छ।

आगामी दिनमा कम्पनीले अन्डरराइटिङ(जोखिमाङ्कन) सुधार र लगानी विविधीकरणका लागि गर्न सक्ने क्षमता प्रदर्शनले रेटिङ पुनःमूल्याङ्कनलाई निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS