काठमाडौं । हिमालयन डिस्टिलरीको गत आर्थिक वर्ष २०८१।८२ को लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
गत आर्थिक वर्षका लागि कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
कम्पनीले यही कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा पर्साको वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

















