IME Life New

बीमाङ्की पेशा अंक खेलाउने मात्र होइन, बीमा सुरक्षाको सुनिश्चितता गर्ने विज्ञता पनि हो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितलाई सुरक्षित राख्ने “अदृश्य सुरक्षा कवच” हो बीमा । बीमासँग जोडिएको अत्यन्तै महत्वपूर्ण र संवेदनशील पेशा हो, बीमाङ्की पेशा। गणित, तथ्याङ्क, अर्थशास्त्र र वित्त विषयको आधारभूत ज्ञान हासिल गरेका बीमाङ्कीहरू रूपमा भविष्यका वित्तीय सर्जक हुन्।

उनीहरू संख्याहरूसँग खेल्ने मात्र गर्दैनन्; संख्यालाई जोखिम र अनिश्चितताको सामना गर्न सक्ने स्थिर, भरपर्दो प्रारूप (मोडेल) निर्माण गर्न प्रयोग गर्छन्। बीमाङ्कीहरू आंशिक रूपमा विश्वसनीय सल्लाहकारहरू, आंशिक रूपमा भविष्यवेता पनि हुनुपर्छ।

Esewa
Crest

भविष्यका घटनाहरूको भविष्यवाणी गर्न ऐतिहासिक तथ्याङ्कको सावधानीपूर्वक विश्लेषण गर्ने जिम्मेवारी उनीहरूको काँधमा हुन्छ। त्यही भएर उनीहरूको काम धेरै महत्त्वपूर्ण छ।

बीमाङ्कीले बीमा कम्पनीहरूले धेरैजसो प्रतिकूल परिस्थितिहरूमा पनि बीमित प्रतिको आफ्ना वाचाहरू पुरा गर्न सक्षम छन् भन्ने सुनिश्चित गर्छन्। बीमाङ्कीहरू विविध क्षेत्रहरूमा काम गर्छन्। उनीहरूको योगदान जीवन र निर्जीवन बीमामा मात्र होइन, अवकाश कोष, सामूहिक लगानी कोष, स्वास्थ्य सेवा, वित्त प्रविधि र बैंकिङ सेवामा पनि उत्तिक्कै छ।

जब तपाइ हामी माैसमी परिवर्तनको बारेमा वा जलवायू परिवर्तनका विषयमा चर्चा गर्छाैं त्यतिबेला बीमाङ्कीहरू यस्तो माैसमी परिवर्तनले सम्पत्ति बीमा दाबीहरूलाई कसरी असर गर्न सक्छ भन्ने बारे गम्न व्यस्त हुन्छन् । संभावित जोखिमहरूको अाँकलन गर्न थाल्छन्।

जब जनस्वास्थ्यको क्षेत्रमा नयाँ रोग वा महामारी वा नयाँ चिकित्सा उपकरणको बारेमा चर्चा वा अनुसन्धान शुरू हुन्छ, त्यतिखेत बीमाङ्कीहरू उनले महामारीको अार्थिक क्षति, रोकथामका लागि चुकाउनुपर्ने मूल्य, र नयाँ चिकित्सा उपकरण बिग्रिँदा हुनसक्ने नोक्सानीको जोखिम बहनका लागि मूल्य निर्धारणको प्रारूपबारे विश्लेषण गर्न थाल्छन् ।

उनीहरूको अध्ययन गणितका शुत्रहरूको बारेमा मात्र नभएर; जोखिमको मानवीय तत्व बुझ्ने र यसलाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा केन्द्रित हुन्छ।

निर्जीवन बीमामा काम गर्ने बीमाङ्कीहरूले मुख्य कार्यहरू: आरक्षण, मूल्य निर्धारण, र जोखिम व्यवस्थापन मार्फत बीमा कम्पनीहरूको वित्तीय स्थिरता सुनिश्चित गर्छन्।

बीमाङ्कीहरूले बीमालेख दायित्व गणना गर्दा जगेडा कोष महत्वपूर्ण हुन्छ। कम्पनीले भविष्यको संभावित दाबीहरू भुक्तानी गर्नका लागि बीमाशुल्क अाम्दानीको निश्चित रकम सुरक्षितरूपमा छुट्याउनुपर्छ। यसमा ऐतिहासिक दाबी तथ्याङ्कको विश्लेषण र प्राकृतिक प्रकोप वा मोटर दुर्घटनाहरूमा वृद्धि जस्ता भविष्यका घटनाहरूको बारेमा अनुमानहरू समावेश छन्।

बीमाङ्कीहरूले दाबी भुक्तानी गर्न, र कम्पनीको खर्चहरू बहन गर्न पर्याप्त जोखिम सुरक्षण सुनिश्चित गर्दै ग्राहकहरूको लागि उचित मूल्यमा बीमा योजनाहरू पनि डिजाइन र मूल्य निर्धारण गर्छन्।

बीमाङ्कीले नयाँ उत्पादनहरूको लागि जोखिमहरूको मूल्याङ्कन गर्छन् । ठूला विपत्तिहरूको जोखिमको मूल्याङ्कन गर्छन्, कम्पनीको स्थायित्वको रक्षा गर्न र बीमितलाई गरिएका वाचाहरू पूरा गर्न व्यवस्थापनसँग नजिकबाट काम गर्छन्।

बीमा कम्पनीहरूले आफ्नो रणनीतिक निर्णयहरूमा बीमाङ्कीहरूहरूलाई समावेश गर्छन्। यसले शेयरधनी र बीमितहरूलाई समान रूपमा विश्वास दिन्छ। बीमाङ्कीहरूले केही फरक र गहन विश्लेषणहरू अघि सार्छन्, जसले सञ्चालक समिति र उच्च व्यवस्थापनहरूलाई अझ स्पष्ट रूपमा विश्लेषण गर्न, जोखिमहरू बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न र अप्रत्याशित भविष्यका घटनाहरूको अर्थ बनाउन मद्दत गर्दछ।

विश्वव्यापी रूपमा, बीमाङ्कीहरू विपत्ति मोडेलिङ, साइबर सुरक्षा, पुनर्बीमा रणनीतिहरू, दिगोपन र जलवायु प्रारूप जस्ता उदयीमान जोखिमहरूको विश्लेषणमा संलग्न छन्। यो पेशाले अब भविष्यको लागि अनुमान गर्न र तयारी गर्न जटिल प्रारूप तयार पारेर भविष्यवाणी गर्ने विश्लेषणलाई संयोजन गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS