IME Life New

तातोपानी र रसुवा नाका बन्द, मुस्ताङको कोरला नाका सञ्चालनमा, सरकारले उठायो यति राजस्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवा नाका बन्द भए पनि मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन रहेको छ।

अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले आज एक सूचना जारी गर्दै कोरलाा नाका पूर्ण रुपमा सञ्चालनमा रहेको जानकारी गराएको छ। विभागका अनुसार रसुवाको लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा नाका पूर्ण रुपमा बन्द रहेको छ।

Esewa
Crest

तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोका कारण अवरुद्ध रहेको विभागले जानकारी गराएको छ। चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लाको मुस्ताङ भन्सार कार्यालय नेचुङ ९कोरला नाका० गत भदौ ३० गतेबाट पूर्ण रुपमा सञ्चालनमा रहेको विभागले जनाएको छ।

विभागका अनुसार असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास भएका छन्। ती जाँचपासबाट ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व सरकारले संकलनन गरेको छ।

हाल कोरला नाकामा आशिकुडा प्रणालीसमेत सञ्चालन भइसकेको र नेपाल राष्ट्र बैंकले भदौ ३१ गते परिपत्र जारी गर्दै मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतीतपत्रमार्फत सामान आयात गर्न एकीकृत निर्देशनमा समावेश गरी सहजीकरण गरिसकेको विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS