IME Life New

कति समयसम्म रहला अर्थतन्त्रको सुस्तता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रको सुस्तता हट्न नसकेको तथ्यांकले देखाएको छ। जेनजीको आन्दोलनका कारण यो सुस्तता झनै बढ्ने डरलाग्दो संकेत देखिएको जानकारहरु बताउँछन्।

सामान्यता दसैँ तिहारमा धेरै कारोबार हुने गर्छ। तर, यसपटक दसैँ प्रायःको सुनसानजस्तै अवस्था रहेको छ। त्यसकारण यो सुस्तता कहिलेसम्म कायम रहन्छ भन्ने कुरा अझै भन्न नसकिने जानकारहरु बताउँछन्।

Esewa
Crest

राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको वित्तीय प्रतिवेदनले निक्षेप र कर्जाको वृद्धि दुवै घटेको देखाएको छ। यसले अर्थतन्त्रमा विस्तारको साटो संकुचन कायम नै रहेको देखाएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा (०.१ प्रतिशत)ले घटेको छ। बैंकको ब्याजदर घट्दै गएपनि निजी क्षेत्रको मनोबल भने बढ्न नसकेको हो।

साउनमा अवस्था सामान्य हुँदासम्म बढ्न नसकेको निजी क्षेत्रको मनोबल भदौ अन्तिम साता भएको जेनजी आन्दोलनपछिको क्षतिले झनै गिराएको छ। जसले गर्दा आगामी दिनमा अर्थतन्त्र थप प्रभावित हुने जानकारहरु औँल्याउँछन्। गभर्नर विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा क्षतविक्षत अवस्था सिर्जना हुँदा निजी क्षेत्रको मनोबल खस्किएको बताएका छन्।

पौडेलले आक्रमणका घटनापछि सबैको मनोबल घटेकाले त्यसलाई उठानुपर्ने बताए। ‘अहिले सबैको मनोबल घटेको अवस्था छ, त्यसलाई उठाउनु अहिलेको आवश्यकता हो’, उनले भने, ‘यो घटनाअघि पनि चुनौती थिए, अहिले थपिएको मात्रै हो। समाधानका लागि तयारी आवश्यक छ।’

भदौ २३ र २४ गते भएकोजेनजी प्रदर्शनमा ६८ वटा बैंकका ६८ वटा शाखामा क्षति पुगेको पाइएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनअनुसार साउनमा निक्षेप बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ५५ अर्ब ७९ करोड रुपैयाँले घटेर ७२ खर्ब ८ अर्ब ९ करोड रुपैयाँ र कर्जा रु. २ अर्ब ९३ करोड रुपैयाँले घटेर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ (०.७ प्रतिशत) ले घटेको थियो भने कर्जा १४ अर्ब ११ करोड रुपैयाँले (०.३ प्रतिशत) बढेको थियो।

राष्ट्र बैंकका अनुसार औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशतले घट्दा निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.०४ प्रतिशतले घटेको छ।

उद्योग र निर्माण क्षेत्रको कर्जा बढ्नुको साटो घट्नुले अर्थतन्त्र संकुचनकै अवस्थामा रहेको पुष्टि गर्छ। निर्माण क्षेत्र चलायमान हुन सकेमा अर्थतन्त्रका सबै क्षेत्रले गति लिने हुन्छ। तर, सोही क्षेत्रको अवस्था खस्किँदा अहिले समस्या भएको जानकारहरु बताउँछन्।

२०८२ साउनमा वाणिज्य बैंकहरुको औसत आधार दर ५.७८ प्रतिशत, विकास बैंकहरुको ७.२८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८७ प्रतिशत रहेको छ। २०८१ साउनमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.६१ प्रतिशत, विकास बैंकहरुको ९.२८ प्रतिशत र वित्त कम्पनीहरुको १०.७५ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार २०८२ साउनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरुको ९.०९ प्रतिशत र वित्त कम्पनीहरुको ९.९८ प्रतिशत रहेको छ। २०८१ साउनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.६८ प्रतिशत, विकास बैंकहरुको ११.०७ प्रतिशत र वित्त कम्पनीहरुको १२.३२ प्रतिशत थियो।

बैंकहरुले कर्जा लगानी बढाउनेभन्दा पनि पुरानो कर्जासमेत घटाएपछि निजी क्षेत्रतर्फको कर्जा लगानी ऋणात्मक हुन पुगेको हो। राष्ट्र बैंकका अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.१ प्रतिशतले नकारात्मक हुन पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS