IME Life New

मुख्य सूचकबाट हेरौँ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिलाको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार महँगी घट्नुका साथै अन्य आर्थिक पनि सकारात्मक रहेको छ। २०८२ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई रु. २३ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४३ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो।

चालु वर्षको साउनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो।

समीक्षा अवधिमा चालु खाता रु. ७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ३३ अर्ब ८ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ४० अर्ब ९० करोडले बचतमा रहेको थियो।

२०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा रु. २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS