IME Life New

निर्वाध रुपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आमसर्वसाधारण तथा उद्योगी-व्यवसायीले निर्वाध रुपमा पेसा-व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन आग्रह गरेको छ।

महासंघले आज विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘पछिल्लो घटनाक्रममा कतिपय उद्यमी–व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै महासंघ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराउन चाहन्छ। उद्योग–व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैयाँबराबरको क्षति भएको छ। यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भए पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ।’

Crest

यसैगरी निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघको ठहर। ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ। नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघको सबै जिल्ला र १०० भन्दा बढी पालिकामा सदस्य उद्योग वाणिज्य संघहरुमार्पmत उपस्थिति रहेको छ। जिल्ला, नगर, वस्तुगत, एसोसिएटलगायतका सदस्यता मार्पmत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दछ।’

निषेधाज्ञा एवं कर्फ्युका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेसाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलपूmल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि महासंघले आग्रह गरेको छ। ‘यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका महासंघ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्पm देशैभरका सबै उद्यमी–व्यवसायीमा महासंघले आग्रह पनि गरेको ‘यसका साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गर्दछौँ’, महासंघले भनेको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ। ‘अत्यावश्यकीयलगायतका सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वतावरण निर्माणका लागि पनि महासंघ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौँ।’

यी विषयहरुमा बुधबार महासंघको कार्यकारिणी समिति र पुर्व अध्यक्षहरुसंगको वैठकमा पनि छलफल भई निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय भएको थियो। ‘सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेरमात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव छ’, महासंघले भनेको छ, ‘स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप शुसासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा–व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघ पुनः सबैमा आग्रह गर्दछ।’

सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले चासो देखाएको महासंघले जनाएको छ। यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भै युवा पुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढने अपेक्षा महासंघले गरेको छ।

देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ। ‘आन्दोलनका क्रममा ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवार जनमा महासंघ समवेदना व्यक्त गर्दछौँ’, महासंघले भनेको छ, ‘यसका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS