IME Life New

के बीमित पहिचान अध्यावधिक गर्ने काम बीमकले छ महिनामा सम्पन्न गर्न सक्लान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ मा नेपाल बीमा प्राधिकरणले ग्राहक पहिचानलाई केन्द्रमा राखेको छ।

निर्देशनको दफा ९ को उपदफा १२ मा  बीमकले निर्देशन जारी भएपछि पहिलो पटकको लागि ६ महिनाभित्र विद्यमान ग्राहकको पहिचान तथा सम्पुष्टी अध्यावधिक सम्पन्न गर्नुपर्ने प्रावधान राखिएको छ। अर्थात् अब सबै बीमकले फागुन ३ गतेसम्ममा विद्यमान ग्राहकको पहिचान तथा सम्पुष्टी अध्यावधिक गरि सक्नुपर्ने भएको छ।

Esewa
Crest

यसबाहेक निर्देशनको दफा ५  मा बीमकले निर्देशन जारी भएपछि पहिलो पटकको लागि ६ महिना भित्र सबै उच्च पदस्थ ग्राहकको राष्ट्रिय परिचय पत्रको विवरण प्राप्त गरी ग्राहक पहिचान अध्यावधिक गर्नुपर्ने प्रावधान समावेश गरिएको छ।

निर्देशनको दफा ८ मा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टी गर्दा नागरिकताको प्रमाण पत्र वा राहदानी वा फोटो सहितको मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र वा सवारी चालक अनुमति पत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचय पत्र वा सम्बन्धित स्थानीय तहकले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिशको आधारमा सम्पुष्टी गर्नुपर्ने व्यवस्था छ।

सरलीकृत ग्राहक पहिचान गर्दा प्रथम वार्षिक बीमाशुल्कको सीमा पचहत्तर हजार रूपैयाँ मात्र हुनेछ। यो सीमाभन्दा बढी बीमाशुल्क भएमा थप ग्राहक पहिचान गर्नुपर्नेछ।

प्राधिकरणले बीमकलाई ६ महिनाभित्र विद्यमान ग्राहकको पहिचान अध्यावधिक गर्न निर्देशन दिएपनि अन्य बीमकको तुलनामा जीवन बीमकका लागि यो काम चुनाैतीपूर्ण हुने देखिएको छ।

निर्जीवन बीमकको सीमित ग्राहक संख्या, अधिकांश संस्थागत ग्राहक र छोटो( प्रायः एक वर्षे ) अवधिका लागि मात्र बीमालेख जारी गरिने भएकाले ग्राहक पहिचान अध्यावधिक गर्न जीवन बीमकको तुलनामा सहज हुन्छ। यसैगरी पुनर्बीमा कम्पनीको पनि सीमित र संस्थागत ग्राहक हुने भएकाले पनि आफ्ना ग्राहकको विवरण अध्यावधिक गर्न चुनाैती हुने देखिदैंन।

जीवन बीमकको हकमा र अझ विशेष गरी २०७४ साल भन्दा अघि देखि नै सञ्चालनमा रहेका कम्पनीका लागि पुराना ग्राहकको पहिचान गर्ने र विवरण अध्यावधिक गर्ने कार्य जटिल हुन सक्छ। पुराना बीमकसँग आफ्ना बीमितको बारेमा सीमित विवरण मात्र उपलब्ध छ। बीमितको पहिचान अध्यावधिक हुन नसकेकै कारण जीवन बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने दाबीवापतको रकम थुप्रिंदै गएको अवस्था छ।

पछिल्लो समयमा बीमकले बीमा प्रस्तावक र बीमितसँग सम्बन्धित सम्पूर्ण विवरण बीमा सफ्टवेयरमा प्रविष्टी गरेपछि मात्र बीमालेख जारी गरेपनि पुराना बीमितको हकमा सीमित विवरण मात्र प्रविष्ट गरेर बीमालेख जारी गरिएकाले अहिले बीमितको पहिचान यकीन गर्न समस्या देखिएको छ।

जीवन बीमाको अण्डराइटिङ गर्ने क्रममा भएको त्रुटीका कारण विगतमा बीमितको इमेल आइडी अनिवार्य नहुनु, बीमितको साटो अभिकर्ताको मोबाइल नम्बर सफ्टवेयरमा प्रविष्टी हुनु, बीमितको बास स्थानको ठेगाना परिवर्तन हुनु, बीमित वैदेशिक रोजगारीका लागि पलायन हुँदा बीमकसँगको सम्पर्क छुट्नु, अभिकर्ता पलायन हुनु, बीमालेखको फाइल अभिकर्तासँगै सीमित रहेर बीमितलाई बीमा कम्पनीबारे जानकारी नहुनु लगायतका समस्याले पुराना बीमितको पहिचान यकीन र अध्यावधिक गर्न जीवन बीमकले समस्या खेपिरहेका छन्।

जीवन बीमकले ग्राहकको विवरण अध्यावधिक गर्न र सम्पुष्टीका लागि आवश्यक कागज प्रमाण जुटाउन सम्बन्धित अभिकर्तालाइ परिचालन गर्न सकेको अवस्थामा मात्र व्यापक र सहजरूपमा केवाइसी अध्यावधिक गर्न संभव हुनेछ। यसबाहेक डिजिटल प्रविधिको प्रयोग गरेर सम्बन्धित बीमितलाई नै आफ्नो बीमालेख नम्बरको आधारमा केवाइसी विवरण भर्न र अध्यावधिक गर्न जीवन बीमकले अनुरोध गर्न सकेको अवस्थामा केही मद्दत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS