काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ। गत २०८१ असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले बागमती साना जलविधुत आयोजना (२२ मे.वा.) को क्षति भएर आयोजनाको प्लान् अवरुद्ध भई कावु बाहिरको परिस्थिति सृजना भई आयोजनाको विधुत उत्पादन उत्पादन अवरुद्ध भएको थियो ।
सो पश्चात आयोजनाको पूनः निर्माण सकार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिट मध्ये २०८२ श्रावण १९ मा १ युनिट र अर्को युनिट बाट २०८२ भाद्र १२ गते विधुत उत्पादन सुचारु भई आयोजना पूर्ण रुपमा नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जडान भएको जनाइएको छ ।

















