IME Life New

हिम स्टार ऊर्जाको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको शेयर आउँदो आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

हिम स्टार ऊर्जाको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ। तर, भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा हिम स्टार ऊर्जाको कुल ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २६ लाख ११ हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूहको ११ लाख १९ हजार कित्ता (३० प्रतिशत) रहेको छ।

नेप्सेले हिम स्टार ऊर्जालाई ‘हिमस्टार’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९९.१७ रुपैयाँ र अधिकतम २९७.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यदि आइतबार स्पेसल प्रिसेसन यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबारमा आयो भने नियमित सत्रका लागि कारोबारमा आउनेछ।

हिम स्टार ऊर्जाले गत असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट असार ३२ गते धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालयमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS