IME Life New

मुलुकका आर्थिकहरु सूचक सकारात्मक, ३१%ले बढ्यो विदेशी मुद्रा सञ्चिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा मुलुकका आर्थिक सूचकहरु सकारात्मक देखिएको छ। महँगी नियन्त्रण हुनुसँगै विदेशी मुद्राको सञ्चितमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०८१।८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो। यो भनेको महँगी घट्दो क्रममा रहेको छ।

Esewa
Crest

यसैगरी आर्थिक वर्ष २०८१।८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो।

आर्थिक वर्ष २०८१।८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएकोे थियो।

आर्थिक वर्ष २०८१।८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.१७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

त्यस्तै आर्थिक वर्ष २०८१।८२ मा चालु खाता रु.४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता रु.२ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो।

चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ। समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो।

२०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ।

आर्थिक वर्ष २०८१।८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। आर्थिक वर्ष २०८१।८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS