IME Life New

एकैदिन हकप्रद शेयर जारी गर्दै सिटी होटल र रिभर फल्स पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनी एकैदिन हकप्रद शेयर जारी गर्ने भएका छन्। सिटी होटल र रिभरफल्स पावरले यही २३ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गर्ने भएका हुन्।

सिटी होटलले हाल कायम चुक्तापुँजीको १ः०.८ अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

शेयरधनीहरुले होटलको यो हकप्रद शेयरमा आउँदो असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयरधनीहरुले धितोपत्र प्रबन्धक प्रभु क्यापिटलको कार्यालय तथा प्रभु बैंकको इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’बाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर बिक्रीका लागि होटलले गत साउन २७ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन २६ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यसैगरी रिभर फल्स पावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका बेसीसहर, पोखरा, वीरगन्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

यो हकप्रद जारी गर्न कम्पनीले गत साउन २६ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन २५ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS