IME Life New

‘इन्स्योरेन्स पेनिट्रेशन’ को आधारमा दक्षिण एशियामै अघि नेपाल, के छ भारतको अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुल गार्हस्थ उत्पादनमा कुल संकलित बीमाशुल्क अनुपातको आधारमा नेपालको बीमा क्षेत्रको योगदान दक्षिण एशियाली मुलुकमध्ये सर्वाधिक रहेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार, कुल गार्हस्थ उत्पादनमा योगदानका आधारमा नेपालको इन्स्योरेन्स पेनिट्रेशन(बीमा क्षेत्रको योगदान) ३.७२ प्रतिशत रहेको छ। यो मध्ये जीवन बीमाको २.९८ र निर्जीवन बीमाको ०.७४ प्रतिशत छ।

Esewa
Crest

नेपाल पछि दोश्रो स्थानमा दक्षिणी छिमेकी भारत रहेको छ। भारत सरकार समर्थित एजेन्सी इण्डिया ब्राण्ड इक्वीटी फाउण्डेशनले प्रकाशन गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०२४ मा भारतको बीमा पेनिट्रेशन कुल गार्हस्थ उत्पादनको तुलनामा ३.७ प्रतिशत रहेको थियो। यो मध्ये जीवन बीमाको २.८ प्रतिशत र बाँकी निर्जीवन बीमा  क्षेत्रको रहेको थियो।

भारतमा प्रति व्यक्ति बीमाशुल्क आम्दानी आर्थिक वर्ष २०२३ मा भारू ८,२९७ पुगेको थियो। नेपालमा गत आर्थिक वर्षमा प्रति व्यक्ति वार्षिक जीवन बीमाशुल्क जम्मा ७ हजार ३३० रूपैयाँ २९ पैसा रहेको थियो।

अर्को दक्षिण एशियाली माल्दिभ मोनिटेरी अथोरिटीले प्रकाशन गरेको विवरण अनुसार, सन् २०२४ मा माल्दिभ्सको इन्स्योरेन्स पेनिट्रेशन १.६ प्रतिशत रहेको थियो। दक्षिण एशियाली सदस्य राष्ट्रहरूमध्ये इन्स्योरेन्स पेनिट्रेशनको आधारमा माल्दिभ्स तेश्रो स्थानमा छ।

छिमेकी मुलुक श्रीलंकाको बीमा पेनिट्रेशन बंगलादेश र पाकिस्तानभन्दा सुदृढ अवस्थामा छ। श्रीलंकाको बीमा नियामकले प्रकाशन गरेको तथ्याङ्क अनुसार, सन् २०२० मा कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदानका आधारमा १.३९ प्रतिशत बीमा पेनिट्रेशन देखिएको छ। यो मध्ये जीवन बीमाको ०.६९ र निर्जीवन बीमाको ०.७० प्रतिशत योगदान देखिन्छ।

श्रीलंकाको बीमा बजारमा सन् २०२५ मा प्रति व्यक्ति औषत बीमाशुल्क ७७.७६ अमेरिकी डलर बराबर रहने अनुमान गरिएको छ। यसैगरी कुल बीमाशुल्क संकलन १.७१ अर्ब अमेरिकी डलर बराबर रहने अनुमान गरिएको छ। यो मध्ये निर्जीवन बीमाले १.१७ अर्ब अमेरिकी डलर बराबरको व्यापार ओगट्नेछ।

दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानको इन्स्योरेन्स पेनिट्रेशन ०.६० प्रतिशत छ। बंगलादेशको इन्स्योरेन्स पेनिट्रेशन सर्वाधिक कमजोर छ। बंगलादेशी एफसिए, अब्दुल हमिदका अनुसार, बंगलादेशमा बीमा पेनिट्रेशन जम्मा ०.४० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS