काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न भइसकेको छ । तर, आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । ।
कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जसमध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।
आइपीओ नतिजा सार्वजनिक भएपछि यी ३ तरिकाबाट हेर्न सकिनेछ ।
बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

















