IME Life New

नेपालमा बीमा क्षेत्रले पनि खोजिरहेको छ केन्द्रीकृत ग्राहक पहिचान प्रणाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबार प्रयोजनका लागि केन्द्रीकृत ग्राहक पहिचान (सेन्ट्रल केवाईसी) प्रणाली लागू गर्ने तयारी गरेको छ।

बैंकले चालु आर्थिक वर्ष २०८२।८३ का लागि सार्वजनिक मौद्रिक नीतिमा नै राष्ट्र बैंकले सेन्ट्रल केवाईसी लागू गर्ने घोषणा गरेको छ। सेन्ट्रल केवाईसी लागू गर्नका लागि आवश्यक तयारी गर्न राष्ट्र बैंकले कर्जा सूचना केन्द्रलाई जिम्मेवारी दिएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाको प्रयोजनका लागि तयार पार्न लागिएको सेन्ट्रल केवाईसी प्रणाली बीमा कम्पनीहरुका लागि पनि उपयोगी हुन सक्छ। यसका लागि नेपाल बीमा प्राधिकरणले संस्थागत रुपमै बीमा कम्पनीहरुलाई समेत सेन्ट्रल केवाईसी प्रणालीमा समावेश गराउन र पहुँच सुनिश्चित गराउन पहल गर्नुपर्छ।

अहिले निर्माणकै चरणमा रहेकाले जीवन बीमक संघ, नेपाल बीमक संघ र लघु बीमक संघले प्राधिकरणमार्फत संस्थागत पहल गरेर सेन्ट्रल केवाईसी प्रणालीमा बीमा कम्पनीको आवश्यकता सम्बोधन हुने गरी व्यवस्था गराउन पहल गर्नु उपयुक्त देखिन्छ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा समावेश गरेको अवस्था छ। समग्र वित्तीय क्षेत्रका लागि सेन्ट्रल केवाईसी प्रणाली प्रयोगमा ल्याउन सकेको अवस्थामा सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सहज हुनेछ।

सीडीएससीले शेयर कारोबार प्रयोजनका लागि २०८० साउन १ गतेदेखि नै सेन्ट्रल केवाईसी लागू गरिसकेको छ। राष्ट्र बैंकले अर्को सेन्ट्रल केवाईसी प्रणालीको तयारी गर्दैछ। यी सबैको उद्देश्य समान छ, त्यो भनेको व्यक्तिको पहिचान।
ग्राहक पहिचानका लागि फरक–फरक प्रणाली सञ्चालनमा ल्याउनुको साटो एकीकृत प्रणाली सञ्चालनमा ल्याउँदा पूर्वाधार र जनशक्तिमा हुने खर्चमा मितव्ययीता अपनाउन सहज हुन्छ।

बीमा कम्पनीले बीमा प्रस्ताव स्वीकार्दा, बीमाशुल्क भुक्तानी लिँदा वा बीमा दाबीको भुक्तानी गर्दा ग्राहकको पहिचान यकीन गर्नु अनिवार्य हुन्छ। उस्तै नाम र थर भएका फरक–फरक व्यक्ति हुन सक्छन्। यस्तो अवस्थामा सम्बन्धित बीमितको पहिचानमा बीमा कम्पनी ढुक्क हुन सकेन भने बीमाको पैसा दुरुपयोग हुने र ठगिने जोखिम बढ्छ।

बीमा कम्पनीहरुको कारोबारको आकार बढ्दै जाँदा आर्थिक अनियमितताको घटना र आकार पनि बढ्न थालेको छ।

आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा बीमितको नाममा कर्मचारी वा तेस्रो पक्षले नै रकम भुक्तानी र बीमालेख कर्जा लिएर दुरुपयोग गरेको घटना शृंखलाबद्ध रुपमा देखा पर्न थालेको छ। यसो हुनुको खास कारण बीमा दाबीका लागि उपलब्ध गराइएको बैंक खाता नम्बर सम्बन्धित बीमितकै हो वा मिल्दोजुल्दो नाम भएको अन्य कसैको हो भन्ने यकीन गर्न सक्ने विश्वासिलो प्रणाली बीमकहरुसँग छैन।

ग्राहक पहिचान सम्बन्धमा सीडीएससी र कर्जा सूचना केन्द्रले बेग्लाबेग्लै प्रणाली सञ्चालनमा ल्याउँदा ग्राहकको कारोबारमाथि एकीकृत निगरानीमा चुनौती हुने देखिएको छ। यसबाहेक वित्तीय कारोबार गर्ने अन्य संस्था, पुनर्बीमक, जीवन बीमक र निर्जीवन बीमक, सहकारी संस्थाका बेग्लै सेन्ट्रल केवाईसी प्रणालीको स्थापना गर्नुभन्दा सबैखाले वित्तीय सेवाका लागि एउटै प्रणाली लागू गर्नसके प्रभावकारी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS