काठमाडौं । हायर पर्चेच कर्जा दिने कम्पनीको नीतिगत व्यवस्थामा संशोधन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
हायर पर्चेच कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्थामा फिट एन्ड प्रोपर टेस्ट, कर्जाको ब्याजदर गनणा तथा सेवाशुल्क लगायतका विषयलाई समेटी उक्त नियामकिय व्यवस्थामा आवश्यक संशोधन गर्ने बताइएको छ ।

















