IME Life New

कोशी प्रदेशमा पर्यटक आगमन ४५ प्रतिशत वृद्धि, चिनियाँ घट्दा भारतीय बढे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा पर्यटक आगमन ४५.५ प्रतिशतले उल्लेख वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।८२ को अर्द्ध वार्षिक समिक्षामा भारतीय पर्यटन आगमनसँगै बाह्य पर्यटनको समग्र आगमन बढेको हो।

प्रतिवेदनका अनुसार, अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवको पहिलो ६ महिना(पुस मसान्तसम्म) मा पर्यटक आगमनमा उल्लेख्य वृद्धि दर्ज भएको हो।

Esewa
Crest

समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दक्षिणी छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्या ५३ प्रतिशतले बढेको छ।  उत्तरी छिमेकी मुलुक चीनबाट आउने पर्यटकको संख्या भने ३१.१ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका अनुसार, समिक्षा अवधिमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ३९.५ प्रतिशतले बढेको छ।

आर्थिक समिक्षाका लागि छनाैट गरिएका होटलहरूको शैय्या क्षमता १५.६ प्रतिशतले बढेको छ। साथै होटलहरुको औसत अकुपेन्सी दर ५३.३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अकुपेन्सी दर ५५.४ प्रतिशत रहेको थियो । पर्यटक आगमन बढेपनि अकुपेन्सी दर भने घटेको छ।

समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पर्यटकस्तरीय होटल व्यवसायमा थप १३.३ प्रतिशतले रोजगारी प्राप्त गरेका छन्। गत वर्षको सोही अवधिमा ५.१ प्रतिशतले रोजगारीमा वृद्धि भएको थियो।

हाल कोशी प्रदेशमा ३ वटा पाँच तारे होटलहरु सञ्चालनमा रहेका छन् । थप ५ वटा पाँच तारे स्तरको होटल निर्माणाधीन छन् । हाल मेची क्राउन र किङ्गसबेरी बिर्तामोड र सोल्टी क्राउन इटहरी पाँच तारे स्तरका होटल हुन्। मेची क्राउनले क्यासिनो जुवा समेत सञ्चालन गरिरहेको छ। यसैगरी विराटनगरमा चार तारे स्तरका होटलहरू, बिग र रत्ना होटलले क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

विराटनगरमा लेमन्ट्री, सेन्चुरीयन, किङ्सवेरी तारे होटल निर्माण गरिरहेका छन् । झापामा व्यापारी दुर्गा प्रसाईंको एजीएम र इटहरीमा देशबन्धु बस्नेत समूहको रमादा होटल पनि निर्माणाधीन छ।

कोशी प्रदेशका होटलहरू विशेषगरी पश्चिम बंगाल र बिहारका भारतीय पर्यटकहरूको लागि घुमघाम र रमाइलो गर्ने गन्तव्यका रूपमा रहेको छ। भारतीयहरू क्यासिनो खेल्न र निर्वाधरूपमा मदिरा सेवन गर्न पाइने भएकाले पनि सीमापारीका नेपाली बजारको होटलहरूमा पर्यटकको रूपमा आउने गरेका छन्।

कोशी प्रदेशको झापाको बिर्तामोड र दमकसमेत २ र सुनसरीको इटहरीमा १ वटा पाँच तारे होटल सञ्चालनमा छन् । यसैगरी विराटनगरमा होटल एक्सीस, होटल रोयलटन,होटल एशियाटिक पाँच तारे होटल निर्माणाधीन छन् ।

कोशी प्रदेशमा पर्यटक स्तरीय होटल ५ सयभन्दा बढी छन् । पर्यटक बस्न लायकका साधारण होटलहरूको संख्या ३५ सयभन्दा बढी छन् । कोशी प्रदेशका होटलले एक रातमा १० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS