काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बीमा क्षेत्रसँग सम्बन्धित विगतको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८२।८२ को बजेटमा सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित ‘ख’ वर्गका अपांगता भएका व्यक्ति तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका बीमालाई निरन्तरता दिन ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी स्थानीय तहसँगको साझेदारीमा तोकिएका प्रादेशिक अस्पतालहरुमा ट्रमा सेन्टरको विकास गर्ने प्रदेश सरकारको घोषणा छ।
यसबाहेक असहाय, बेवारिसे र विपदका घाइतेलगायतका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

















