IME Life New

सर्वाधिक जनसंख्या र जनघनत्व भएको मधेश प्रदेश बीमामा किन पछाडि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनसंख्या र जनघनत्व दुवैका हिसाबले सातै प्रदेशमध्ये शीर्ष स्थानमा रहेको प्रदेश मधेशमा बीमाको व्यापार झन्डै पुछार तिर छ।

जीवन बीमकको कुल बीमाशुल्क आम्दानीमा मधेशको योगदान जम्मा ८.८३ प्रतिशतमा सीमित छ। दुर्गम मानिने कर्णाली र सुदूरपश्चिमको तुलनामा अधिक भएपनि बाँकी चारै प्रदेश बागमती, कोशी लुम्बिनी र गण्डकी प्रदेशको तुलनामा यो कम हो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो १० महिना(बैशाखमसान्तसम्म) मा जीवन बीमकले कुल १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । योमध्ये मधेशबाट १२ अर्ब ४० करोड रुपैयाँमात्र संकलन भएको छ।

सक्रिय बीमालेख संख्याका आधारमा तुलना गर्दा मधेश प्रदेशमा सक्रिय बीमालेख जम्मा ६ लाख १६ हजार ६९९ वटा रहेको छ। जीवन बीमकले जारी गरेकामध्ये बैशाख मसान्तसम्ममा कुल १ करोड ५३ लाख ६ हजार ९९३ वटा सक्रिय बीमालेख थिए। सक्रिय बीमालेख संख्याका आधारमा मधेशको हिस्सा ४.०३ प्रतिशतमात्र छ।

निर्जीवन बीमकबाट जारी कुल बीमालेख संख्याको आधारमा मधेश प्रदेशले १०.८३ प्रतिशत बीमालेख जारी गरेको देखिएको छ। प्राधिकरणका अनुसार मधेशबाट २ लाख ८८ हजार ७७२ वटा बीमालेख जारी भएका छन् । यसैगरी मधेश प्रदेशबाट निर्जीवन बीमकले कुल २ अर्ब ३७ करोड ५५ लाख रुपैयाँ संकलन गरेका छन् । यो निर्जीवन बीमकले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा संकलन गरेको कुल बीमाशुल्कको ६.६२ प्रतिशतमात्र हो ।

जनसंख्या र जनघनत्व दुवै हिसाबले मधेश प्रदेश शिर्ष स्थानमा छ। राष्ट्रिय जनगणना २०७८ अनुसार मधेशको जनघनत्व ६३३ प्रति वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय औसतभन्दा तीनगुणा बढी हो। राष्ट्रिय औसत जनघनत्व जम्मा १९८ रहेको छ।

जनसंख्याका हिसाबले अग्र स्थान रहे पनि प्रतिव्यक्ति आयका हिसाबले मधेश प्रदेश पुछारमै छ । यहाँ प्रतिव्यक्ति वार्षिक आम्दानी ९३२ अमेरिकी डलर रहेको छ। यो राष्ट्रिय औसत १ हजार ४९६ अमेरिकी डलरको तुलनामा दुई तिहाइ कम हो।

मधेश प्रदेशको बीमा क्षेत्रलाइ नजिकबाट न्यालेकी बीमा प्राधिकरणकी पूर्व उप निर्देशक कुसुम शर्माले मधेश प्रदेशमा बीमाको अवस्था विषय आलेखमा  मधेश प्रदेशमा जनसङ्ख्याको तुलनामा बीमाको पहुँच नबढ्नुमा निम्न कारण औंल्याएकी छिन्ः

१. जनचेतनाको कमी,

२. न्यून आयस्तर,

३. बीमा कम्पनीहरू गाउँ गाउँसम्म नपुग्नु, शहर केन्द्रित हुनु,

४. बीमा कम्पनी र स्थानीय पालिकाबीच समन्वयको अभाव हुनु,

५. बीमाको महत्वका बारेमा राम्ररी बुझाउन नसक्नु,

६. बीमा अभिकर्ता लगायत बीमा कम्पनीका कर्मचारीहरूमा समेत विषयगत ज्ञानको अभाव हुनु,

७. बीमा गर्ने समयमा बीमितलाई बीमालेखमा उल्लेखित शर्तहरूका सम्बन्धमा राम्रोसँग जानकारी नगराउनु,

७. बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु,

८. बीमा गराई सकेपश्चात् बिक्री पछिको सेवाका लागि अभिकर्ता पुनः सम्पर्कमा नआउनु,

९. दाबी पर्दाको अवस्थामा बीमितले बीमकबाट आवश्यक सहयोग (कागजातहरूका सम्बन्धमा) नपाउनु,

१०. दाबी भुक्तानी प्रकृया सरलीकृत नहुनु,

११. दाबी भुक्तानी प्रकृयामा ढिलाई हुनु (केन्दिकृत हुनु),

१२. बीमा कम्पनीहरूले आफ्ना शाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन नगर्नु,

१३. दाबीयोग्य रकम नपाउनु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS