IME Life New

कहाँ हरायो बीमा प्राधिकरणको बीमा साक्षरता रूपरेखा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा समावेशिताका लागि बीमा साक्षरतालाई निर्देशित गर्ने उद्देश्यले ‘बीमा साक्षरता रूपरेखा २०८१’को मस्याैदा जारी गरेको झण्डै ८ महिना हुनै लाग्दा पनि रूपरेखा जारी गर्न सकेको छैन।

प्राधिकरणले सरोकारवालाहरूबाट मस्याैदामाथि टिप्पणी र सुझाव संकलनका लागि २०८१ भदाै ३१ गते रूपरेखाको मस्याैदा वेबसाइटमार्फत् सार्वजनिक गरेको थियो। सुझाव संकलनका लागि प्राधिकरणले असोज ३१ गतेसम्म अवधि तोकेको थियो।

Esewa
Crest

प्राधिकरणले सुझाव संकलनका लागि तोकेको अवधि समाप्त भएको ७ महिना २२ दिन बितिसक्दा पनि बीमा साक्षरता रूपरेखा जारी गर्न सकेको छैन । रूपरेखा जारी गरिएको वा मस्याैदा संशोधनको प्रकृयामै रहेको बारे प्राधिकरणले कुनै सार्वजनिक सूचना समेत प्रकाशन गरेको छैन।

२०८१ मै मस्याैदा तयार पारेर ‘बीमा साक्षरता रूपरेखा २०८१’ को मस्याैदा तयार पारिएकोमा अब प्राधिकरणले जारी गरिहाल्यो भने पनि यसको नाम संशोधन गरेर ‘बीमा साक्षरता रूपरेखा २०८२’ कायम गर्नुपर्छ।

मस्याैदामा बीमा साक्षरताका लागि बीमकलाई तपसिल बमोजिमको जिम्मेवारी प्रस्ताव गरिएको थियोः

१) बीमा सम्बन्धी सामान्य देखि विशेष ज्ञान सामग्रीको तयारी
२) बीमा साक्षरता सम्बन्धमा आफूले सञ्चालन गरेका कार्यहरूको प्राधिकरणमा रिपोर्टिङ गर्ने,
३) बीमकले बीमा साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रिय कार्यालयमा बीमा साक्षरता इकाई वा कुनै इकाईलाई सोको  जिम्मेवारी तोकिनुपर्नेछ।
४) बीमा साक्षरता सम्बन्धी योजना तथा कार्य योजना तर्जुमा गर्दा आधारभतू रूपमा प्राधिकरणबाट जारी बीमा साक्षरता ढाँचा २०८१ को पालना गर्नुपर्नेछ।
५) बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्दा बीमा पहुँच कम भएका स्थानहरुलाई कम प्राथमिकता दिनुपर्छ।
६) बीमा साक्षरता सम्बन्धी कार्यक्रमका लागि नीति तयार गरी बीमकका कर्मचारीलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिनेछ।
७) बीमा साक्षरता सम्बन्धी अध्ययन सामग्री नियमितरूपमा सम्प्रेषण गर्नुपर्नेछ ।
८) बीमकले बीमा साक्षरता सम्बन्धी आवधिक कार्य योजना तयार गर्दा लक्षित वर्गको वित्तीय ज्ञान, शीप, मनोवृत्ती र व्यवहार परिवर्तनका लागि सैद्धान्तिक एवम व्यवहारिक पक्षहरुलाई समेट्नुपर्नेछ।
९) सर्वसाधारणले सहजै बुझ्ने गरी र सूचना पाउन सक्ने गरी आवश्यक संयन्त्रको विकास गर्नुपर्नेछ।
१०) बीमा साक्षरता कार्यक्रमहरू व्यवसाय विस्तार र व्यापारिक मनशायले नभभई सामाजिक उत्तरदायीत्वको भावनाले प्रेरित हुनुपर्नेछ।
११) बीमा साक्षरता सम्बन्धि कार्यक्रमहरू कुनै विशेष भूगोल वा विशेष वर्गमा मात्र केन्द्रित नभई संस्थाको कार्य क्षेत्रभित्रका सबै स्थान तथा सबै लक्षित समूहमा न्यायोचित ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
१२) अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बीमा सेवाको गुणस्तर वृद्धि गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS