IME Life New

अर्थमन्त्री भन्छन्- ‘६% को आर्थिक वृद्धि हुने गरी बजेट आएको छ’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरे। ‘७.५ प्रतिशतको आर्थिक वृद्धिदर आहिसल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भावना छ’, उनले भने।

Crest

बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको अर्थमन्त्री पौडेलले बताए। ‘सीमा पालना गरेर बजेट आएको छ। स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ’, उनले भने, ‘राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ। आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन।’

अर्थमन्त्री पौडेलले लक्ष्यअनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए। उनले भने, ‘काम नगरेको अवस्थामा हासिल गर्न सकिँदैन। काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ।’

सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्ने भन्दा पनि साँवा–ब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरि बजेट आएको पौडेलले बताए। स्रोतको विषयमा चिन्ता नगर्नका लागि सबैलाई उनले आग्रह गरे।

अर्थमन्त्री पौडेलले आर्थिक विज्ञहरुबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको बताए। खर्च गर्नुपर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैँमा नमिल्दो रहेको उनको भनाई छ। स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए।

अर्थमन्त्री पौडेलले स–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा कबजेटले त्यसलाई समाधान गरेको बताए। उनले स्रोतलाई दुरुपयोग गर्न दिन नहुने बताए। खुद्रा योजनामा बजेट होसियार रहेको उनको भनाइ थियो।

गत आर्थिक वर्षको र चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मुद्रास्फिर्तिलाई लिएर आधार बनाएको पौडेलले बताए। ‘सरकारले गर्नुपर्ने काम सबैगर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको छ’, उनले भने, ‘निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था रहेको छ।’

युवा उद्यमीहरुलाई सशक्त रुपमा पहल गरेको अर्थमन्त्री पौडेलको दाबी थियो। ‘सरकार निजी क्षेत्रलाई अघि बढाउनका लागि सधैँ तयार छ’, उनले भने, ‘निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको छ। ऐन कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार रहेको छ।’

पौडेलले आयोजना निर्धारीत समयमा बन्नु पर्ने सरकारको मुख्य उद्देय रहेकाले त्यसका लागि सरकारले गर्नुपर्ने सबै सहजीकरण गर्न तयार रहेको बताए। उनले डिजिटल बैंकिङमा जाने कुरा भनेको त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिने बताए। उनले त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उल्लेख गरे। आयोजना ट्रान्समिसन लाइनहरुलाई सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्य सरकारको रहेको उनले बताए।

अर्थमन्त्री पौडेलले वातावरणमा प्रभाव नपर्ने गरि खनिज पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको र यो बजेटले त्यसमा ध्यान दिएको बताए। ‘बजेटको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS