IME Life New

जीवन बीमालेख समर्पणको कारण पहिचान गरेर समाधान गर्न सुझाव

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेखको समर्पण दर वृद्धि हुनुको कारण पहिचान गरी समाधान गर्नेतर्फ नेपाल बीमा प्राधिकरणले ध्यान दिनुपर्ने सुझाव महालेखापरीक्षकको कार्यालयले दिएको छ।

महालेखापरीक्षकले आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षणपछि प्राधिकरणलाई यस्तो सुझाव दिएको हो। बीमालेख समर्पणअन्तर्गत बीमालेखको संख्या र रकम दुबै बढेकोमा महालेखापरीक्षकले चासो व्यक्त गरेको छ।

Esewa
Crest

महालेखाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० मा १४ जीवन बीमा कम्पनीबाट जारी भएका ९६ हजार ९३८ बीमामालेखको समर्पण भएकोमा गत आर्थिक वर्ष २०८०।८१ मा १ लाख १३ हजार ९७६ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५८ प्रतिशतले वृद्धि हो।

यसैगरी समर्पण मूल्य पनि समीक्षा अवधिमा १३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँबाट ८.६८ प्रतिशतले वृद्धि भई १४ अर्ब ५० करोड १३ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९।८० मा १२ लाख ५ हजार ७४ बीमालेख व्यतित रहेकोमा आर्थिक वर्ष २०८०।८१ मा ३.८८ प्रतिशतले घटेर ११ लाख ५८ हजार २९९ मा सीमित भएको छ। व्यतित बीमालेखको संख्या घटे पनि यसको रकम भने बढेको छ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार ३३ अर्ब ९५ करोड १ लाख रुपैयाँबाट व्यतित बीमालेखको रकमको आकार ०.२६ प्रतिशतले वृद्धि भएर ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS